प्रदेश दुईमा छोरी बीमा सप्ताह संचालन गरिने



जनकपुरधाम । प्रदेश दुईको सरकारले बेटी पढाउ बेटी बचाउ कार्यक्रम अन्तर्गत संचालनमा ल्याएको छोरी शिक्षा विमालाई व्यापक बनाउदै जनस्तरसम्म पुर्याउन छोरी बीमा सप्ताह संचालन गर्ने भएको छ ।

२०७५ माघ १ गते यता प्रदेशमा जन्मेका छोरीहरुको शिक्षाको लागी बीमा गर्ने सरकारले घोषणा गरे पनि कर्मचारी अभाव लगायतका कारणले सोचे अनुरुपको बीमा हुन नसकेपछि प्रदेश सरकारले प्रत्येक स्थानीय तहमा शिविर संचालन गरि उनीहरुको घरदैलोमै पुगी बीमा लगायतका अन्य सुविधा प्रदान गर्ने गरि सप्ताह मनाउने निर्णय गरेको छ ।

माघ २ गतेदेखि प्रदेशका आठ वटै जिल्लामा शिविर संचालन गरिने बेटी पढाउ बेटी बचाउ अभियानका संयोजक प्रियंका यादवले जानकारी दिइन् । उक्त शिविरमा शिक्षा बीमाका साथै छोरीहरुको स्वास्थ्य जाँच, निःशुल्क औषधी वितरण सहितका कार्यक्रम समेत गरिने जनाइएको छ ।
माघ २ गतेदेखि शुरु हुने छोरी बीमा सप्ताह सबै स्थानीय तहमा पुगी सम्पन्न हुने छन । यस अभियानले विभिन्न कारण विमा गराउन नसकेका छोरीहरुलाई समेटिदै पछिल्लो एक वर्ष भित्र जन्मेका छोरीहरुको विमा शत प्रतिशत पुर्याउने लक्ष्य लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सर्वसाधारणलाई ‘लू’बाट बच्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तातो हावा ‘लू’बाट बच्न सर्वसाधारणलाई आग्रह गरेको

कोल्डड्रिङ्क्सको सट्टा कागती पानी 

डा अरुणा उप्रेती । गर्मीयाम सुरु भएसँगै तीर्खा मेट्नका लागि विभिन्न चिसो पेय

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १२ सयको मिर्गौला प्रत्यारोपण

  भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा एक हजार

महाकाली अस्पतालमा रेबिजविरुद्धको खोप अभाव

    दोधारा चाँदनी (कञ्चनपुर)  । महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा रेबिजविरुद्धको खोप अभाव