नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. कृष्ण अधिकारी नियुक्त
काठमाडौं । नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. कृष्ण अधिकारी नियुक्त भएका छन् । सोमबारको मन्त्रिपरिषद् बैठकले डा. अधिकारीलाई काउन्सिलको रजिष्ट्रार नियुक्त गरेको हो ।
बैठकले काउन्सिलको पाँच सदस्यमा डा. हरिहर अवस्थी, डा. सन्ध्या चापागाईं, डा. सुप्रभात श्रेष्ठ, डा. प्रेनितकुमार पोखरेल र किशोर विक्रम मल्ललाई नियुक्त गरेको छ । रजिष्ट्रारलगायत सदस्यको पदावधि चार वर्षको हुन्छ । मन्त्रिपरिषद्ले गत कात्तिकमै काउन्सिल अध्यक्षमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालालाई नियुक्त गरेको थियो ।