मृगौला प्रत्यारोपणमा क्रान्ति ल्याएका अर्थशास्त्री



प्रत्यारोपणका लागि हालैका दिनमा मृगौला प्राप्त गर्ने सम्भावना नाटकीय रूपमा बढेको छ। यसको श्रेय भने एकजना अर्थशास्त्री एल्भिन रथलाई जान्छ।

रथले आर्थशास्त्रको सिद्धान्त प्रयोग गरेर संसारमा मृगौला सहज रूपमा प्राप्त हुन सक्नेगरी मृगौलादान प्रक्रियामा क्रान्ति ल्याइदिएका छन्।

रथले यसो नगरेको भए नयाँ मृगौला प्रत्यारोपण गरेर बाँचिरहेका हजारौँ मानिसहरू कि अहिलेसम्म पनि रोगग्रस्त हुन्थे या मरिसक्थे।

अरू अङ्ग प्रत्यारोपणभन्दा मृगौला प्रत्यारोपण फरक छ किनभने दुईमध्ये एउटा मात्र मृगौलाले पनि काम गर्ने भएकाले मानिसले जीवित हुँदा नै एउटा मृगौला दान गर्न सम्भव छ।

तपाईँ आफ्नो नजिकका नातेदारलाई एक मृगौला दान गर्न चाहनुहुन्छ भने पनि धेरैजसो रोगीको मृगौलासँग तपाईँको मृगौला ‘म्याच’ नहुन सक्छ अर्थात नमिल्न सक्छ।

त्यस्तो अवस्थामा तपाईँले मिल्ने किसिमको मृगौला भएको दाता कुर्नुपर्थ्यो। रथले ‘मृगौला साटासाट’ सिद्धान्त ल्याए जसमा मृगौला दाताहरूलाई एकठाउँमा ल्याएर मृगौला साटासाट गरिन्छ जसले गर्दा रोगीलाई म्याच हुने मृगौला छिटो प्राप्त होस्।

यसरी साटासाट गरिएका थुप्रै उदाहरणहरू छन्। एकपटक त ७० मृगौलाहरू साटिएका थिए। इरानबाहेक अन्य देशमा मृगौला बेच्नु अवैधानिक छ। धेरैजसो सरकार अङ्ग बेचबिखनको वस्तु नबनोस् भनेर त्यसलाई कानूनी बनाउन चाहँदैनन्।

प्राध्यापक रथ भन्छन्, “संसारभर रहेको मृगौलाको बजारमा हामी पैसालाई कुनै भूमिका खेल्न दिँदैनौँ।” अमेरिकामा हरेक वर्ष उनको सिद्धान्त प्रयोग गरेर करिब १,००० मानिसले मृगौला पाउने गरेको बताइन्छ।

उनको विचारको प्रभावकै कारण रथले सन् २०१२ मा अर्थशास्त्रमा नोबेल पुरस्कार पाएका थिए। नोबेल पुरस्कारप्राप्त व्यक्ति र अन्य प्रतिष्ठित व्यक्तिहरू जर्मनीको राजधानी बर्लिनमा स्वास्थ्य सेवाको भविष्यबारे छलफल गर्न भेला भएका थिए।

रथ पनि त्यहाँ थिए किनभने जर्मनीमा मृगौला साटासाट वैधानिक छैन। उनी भन्छन्, “नयाँ विकासक्रमसँग बजारका लागि नियम परिवर्तन गरे जस्तै मृगौलाका लागि प्रशासनिक कानुनहरू आधुनिक र नयाँ क्षमताका आधारमा अद्यावधिक गराइरहनुपर्ने हुन्छ।”

जर्मन स्वास्थ्य मन्त्रालयलये यो विषयमा सार्वजनिक बहस आयोजना गर्ने योजना बनाइरहेको बतायो तर त्यसको कार्यतालिका हालसम्म सार्वजनिक भएको छैन।

रथले जर्मन प्रतिबन्धपछाडिको चासो आफूले बुझेको बताए। उनी भन्छन्: “उनीहरू अङ्ग बेचबिखनका लागि ओसारपसार होला भन्नेप्रति चिन्तित छन्।”

मृगौलाको बिक्री?

प्राध्यापक रथले भविष्यमा मानिसहरूले आफ्ना लागि मृगौला किन्नसक्ने अवस्था पनि आउन सक्ने बताए।उनले अमेरिकामा भियतनाम युद्धपछि चलेको बहससँग मृगौलादानबारे भइरहेको कुराकानीलाई तुलना गर्दै भने: “त्यसबेला पहिले अनिवार्य सैन्य सेवा भनेकोमा बहसपछि स्वयंसेवी किसिमको सैन्य सेवा बनाइयो।”

रथ भविष्यमा राज्यले पैसाका लागि मृगौला दान दिन चाहनेलाई “नायक” मान्ने र अहिले अरू अङ्ग सङ्कलन गरेर बाँडेको जस्तै राज्यले बाँड्ने स्थिति आउन सक्ने मान्छन्।

उच्च आय भएका मुलुकका मृगौला प्राप्त गर्ने व्यक्तिहरू र न्यून तथा मध्यम आय भएका मुलुकका दाताहरूबीच मृगौलादान या साटासाट गर्ने एउटा नमूना योजनाले विश्वा स्वास्थ्य सङ्गठनको समर्थन प्राप्त गर्न सकेन।

यस्तो योजनाको समर्थनमा द ल्यान्सेट भन्ने जर्नलमा लेख लेखेका पीटर सिङ्गरले बीबीसीलाई भने त्यो योजना अनुसार एउटा साटासाट भने भएको छ।

रथ त्यस्तो कार्यक्रमका समर्थक हुन्। उनले भने, “प्रशासनका कारण मानिस मर्ने अवस्था आउनु लज्जास्पद छ।”

यो सामग्री नोबेल मिडिया एबी र बीबीसीबीचको सहउत्पादनका रूपमा तयार पारिएको हो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जाडो मौसममा निमोनियाबाट कसरी जोगिने ?

चितवन । चिसो मौसममा निमोनिया गराउने ‘भाइरस’ सक्रिय हुने हुँदा यसबाट बच्न विज्ञ चिकित्सकको

सेतो रगत बनाउने उपकरण अभावमा बिरामी ‘रिफर’

बागलुङ । धौलागिरि अस्पतालमा अहिले विशेषज्ञसहितको सेवा छ । जटिल प्रकारका रोगको समयमै

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई थप प्रभावकारी रुपमा सञ्चालन गरिनेछः प्रधानमन्त्री

जुम्ला । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई थप प्रभावकारी रुपमा