काठमाडौं महानगरपालिका र नेपाली सेनाको सहकार्यमा निःशुल्क हेमोडाइलासिस सेवा



काठमाडौँ महानगरपालिका र नेपाली सेनाले मिर्गौलासम्बन्धी बिरामीका लागि निःशुल्क हेमोडाइलासिस सेवा सञ्चालन गर्न सहकार्यको थालनी गरेका छन् ।

महानगरपालिकाका तर्फबाट प्रमुख विद्यासुन्दर शाक्य र प्रधानसेनापति पूर्णचन्द्र थापाले निःशुल्क सेवा सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सेनाले सञ्चालन गरेको वीरेन्द्र अस्पताल छाउनीबाट महानगरवासी र महानगरका कर्मचारीका लागि उपलब्ध हुने सो सेवा लिनका लागि जिल्ला जनस्वास्थ्य कार्यालयबाट र महानगरको जनस्वास्थ्य विभागबाट सिफारिस लिनुपर्नेछ ।

नगर प्रमुख शाक्यले शहरी सेवा व्यवस्थापन, स्वास्थ्य र शिक्षा क्षेत्रको प्रवद्र्धनका लागि महानगरले अघि बढाएको साझेदारीअन्तर्गत नेपाली सेनासँग सम्झौता गरिएको बताए । प्रधानसेनापति थापाले नेपाली सेनाले जनसाधारणको हित हुने क्षेत्रमा काम गरिरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
औषधि खरिदमा कमिशन प्रकरणः स्वास्थ्य सेवा विभागलाई देखाउँदै पन्छियो मन्त्रालय

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिशिल्ड खोप खरिदकाबारेमा सार्वजनिक भएका समाचारमा सत्यता

कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा थप चार जनाको मृत्यु

काठमाडौं । कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा थप चार जनाको मृत्यु भएको छ ।

बाँकेमा थप चार जना कोरोना सङ्क्रमितको मृत्यु

बाँके । बाँकेमा कोरोना सङ्क्रमणबाट बिहीबार थप चार जनाको उपचारको क्रममा मृत्यु भएको

१२ देखि १५ वर्षका बालबालिकाको लागि खोप बनाउने काम अन्तिम चरणमा

डा. रवीन्द्र पाण्डे । खोपबारे नयाँ अपडेट . – फाइजर कम्पनीले १२ बर्षदेखि