चिकित्सक संघको नयाँ नेतृत्वको लागि दुई प्यानल



काठमाडौं । नेपाल चिकित्सक संघको नयाँ नेतृत्वको लागि दुई प्यानल खडा भएका छन् । शनिवार कार्यसमिति उम्मेदवारी मनोनयन पत्र दर्ता गराउने अन्तिम दिन प्रजातान्त्रिक समूह र प्रगतिशील समूह बनेर नाम दर्ता भएको छ ।

प्रजातान्त्रिक समूहबाट अध्यक्ष पदमा डा लोचन कार्कीले उम्मेदवारी दिएका छन् भने प्रगतिशील समुहबाट पुष्पमणि खरालले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन समितिले मनोनयन पत्र दर्ता गर्न शनिबार १ बजेसम्मको समय दिएको थियो ।

अध्यक्ष संगै महासचिवमा चार जनाको उम्मेदवारी परेको छ । महासचिवमा डा बद्री रिजाल, डा अजयकुमार मिश्र, डा दीपेन्द्र पाण्डे र डा मधुर बस्नेतले मनोनयन पत्र दर्ता गराएका छन् ।

केन्द्रीय कार्यकारिणी समितिका लागि अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महासचिव कोषाध्यक्ष तथा सदस्यमा ३१ जनाले मनोनयन पत्र दर्ता गराएका संघका केन्द्रीय सदस्य डा विश्वराज दवाडीले जानकारी दिए । निर्वाचन समितिले मंसिर ३० गते उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कोरोना संक्रमणबाट १३ जनाको मृत्यु, ५०१ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६७३ जनामा कोरोना संक्रमण पुष्टि भएको

अमेरिकाद्वारा फाइजरको एक लाख डोज खोप स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण

काठमाडौं । नेपाल सरकारलाई अमेरिकी सरकारले कोरोना भाइरसविरुद्धको खोप ‘फाइजर’ प्रदान गरेको छ

धवलागिरि अस्पताल पदाधिकारीविहीन

गण्डकी । उपप्रादेशिक तहमा स्तरवृद्धिको घोषणा गरिएको धवलागिरि अस्पताल पदाधिकारीविहीन अवस्थामा छ ।

अमेरिकाबाट आइपुग्यो फाइजरको खोप, १२ वर्षमाथिकालाई लगाइने

काठमाडौं । अमेरिकाले अनुदानमा उपलब्ध गराएको फाइजरको खोप नेपाल आइपुगेको छ । कोभ्याक्स