चिकित्सक संघको नयाँ नेतृत्वको लागि दुई प्यानल



काठमाडौं । नेपाल चिकित्सक संघको नयाँ नेतृत्वको लागि दुई प्यानल खडा भएका छन् । शनिवार कार्यसमिति उम्मेदवारी मनोनयन पत्र दर्ता गराउने अन्तिम दिन प्रजातान्त्रिक समूह र प्रगतिशील समूह बनेर नाम दर्ता भएको छ ।

प्रजातान्त्रिक समूहबाट अध्यक्ष पदमा डा लोचन कार्कीले उम्मेदवारी दिएका छन् भने प्रगतिशील समुहबाट पुष्पमणि खरालले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन समितिले मनोनयन पत्र दर्ता गर्न शनिबार १ बजेसम्मको समय दिएको थियो ।

अध्यक्ष संगै महासचिवमा चार जनाको उम्मेदवारी परेको छ । महासचिवमा डा बद्री रिजाल, डा अजयकुमार मिश्र, डा दीपेन्द्र पाण्डे र डा मधुर बस्नेतले मनोनयन पत्र दर्ता गराएका छन् ।

केन्द्रीय कार्यकारिणी समितिका लागि अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महासचिव कोषाध्यक्ष तथा सदस्यमा ३१ जनाले मनोनयन पत्र दर्ता गराएका संघका केन्द्रीय सदस्य डा विश्वराज दवाडीले जानकारी दिए । निर्वाचन समितिले मंसिर ३० गते उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हुम्ला अस्पतालमा औषधि अभाव

सिमकोट । हुम्ला सदरमुकाम सिमकोटस्थित जिल्ला अस्पतालमा औषधि अभाव भएको छ । यहाँ

नेपाल-भारत सीमामा कडाइः कोरोना परीक्षणबिना नेपाल प्रवेशमा रोक

बैतडी । कोरोना संक्रमणको जोखिम बढेसँगै सुदूरपश्चिम प्रदेशका भारतसँग सीमा जोडिएका नाकामा मास्क

महाकाली अस्पतालमा डायलासिस सेवा सञ्चालनको तयारी

महेन्द्रनगर । कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालमा डायलासिस सेवा सञ्चालनको तयारी भइरहेको छ ।

राष्ट्रिय भिटामिन ‘ए’ अभियान वैशाख पहिलो साता

काठमाडौं । सरकारले बालबालिकालाई आगामी वर्ष वैशाख पहिलो साता राष्ट्रिय भिटामिन ‘ए’ अभियान