नेपालमा क्लिनिकल ट्रायल रजिष्ट्रिको स्थापना



काठमाडौं । औषधि, खोप र उपकरण र समुदायमा आधारित अध्ययन, अनुसन्धान गर्नका लागि नेपालमा क्लिनिकल ट्रायल रजिष्ट्रिको स्थापना गरिएको छ ।

नेपालमा क्लिनिकल ट्रायल सम्बन्धित अनुसन्धानहरु दिनप्रतिदिन बढिरहेको अवस्थालाई मध्यनजर गर्दै यसको सुरुवात गरिएको हो । क्लिनिकल ट्रायल रिजिस्ट्रि भनेको क्लिनिकल ट्रायलको अध्ययन अनुसन्धान दर्ता गर्ने आधिकारिक प्लेटफर्म हो ।

२०१९ मा मात्रै स्वास्थ्य अनुसन्धान परिषदको आचारसंहिता बोर्डबाट २१ वटा क्लिनिकल ट्रायल सम्बन्धि अनुसन्धान प्रस्तावको स्वीकृती भएको थियो । यस्ता खालका ट्रायल नेपाल हुने भएपनि दर्ताका लागि अन्यत्र रहेका ट्रायलको भरमा रहनुपर्ने बाध्यताको अन्त्य भएको छ ।

जसका डाटाहरुबाट समेत नेपाल र नेपालीहरु लाभ लिन सकेका थिएनन् । नेपाल अनुसन्धान परिषदका आचारसंहिता बोर्डका अध्यक्ष डा प्रकाश घिमिरेले एमडि एमएसको थेसिस गर्नेहरुले विदेशीको ट्रायक क्लिनिकमा गएर काम गर्नुपर्ने बाध्यता रहेकोमा अब अन्त्य भएको बताए ।

यसले अनुसन्धानकर्ताहरुलाई अनुसन्धान गर्ने वातावरणको सिर्जना गर्ने, आफुले अनुसन्धान गरेका डाटाहरु आफैसँग सुरक्षित रहने उनले बताए ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषदका डा. अन्जनी झाले यसको स्थापना गर्न एक वर्षदेखिको अभ्यास जारी रहेको र त्यसका लागि एउटा समिति समेत बनाइएको बताए । यसमा रजिस्ट्र हुनै पर्ने बाध्यतात्मक अवस्था नभएपनि आफनो खोज अनुसन्धानलाई अन्तर्राष्ट्रिय जगतमा पुर्याउनका लागि रजिष्टर हुनु आवश्यक रहेको बताए ।

नेपालको रजिष्ट्रि प्लेटफर्ममा डाटा इन्ट्रिका लागि २ जना अनुसन्धान अधिकृतहरु अशोक पाण्डे र अरुण शाहललाई विशेषज्ञ भएर काम गर्ने गरि जिम्मेवारी दिइएको छ । उनीहरुले भारतबाट यससम्बधि ७ दिने तालिम समेत लिएका छन् ।

सन् २००४ नोभेम्बरमा मेक्सिकोमा भएको एक कार्यशाला गोष्ठीमा एकल प्रणालीबाट क्लिनिकल ट्रायल रजिष्ट्रि को अन्तर्राष्ट्रिय सञ्जाल बनाउन माग भएअनुसार अहिले विश्वस्वास्थ्य संगठन अन्तर्गत इसिटिआरपी नेटवर्कमा १८ वटा देशका प्राइमरी रजिष्ट्रि आवद्ध रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अनलाइन फार्मेसी सञ्चालन नगर्न विभागको निर्देशन

काठमाडौँ । औषधि व्यवस्था विभागले अनलाइन फार्मेसी सञ्चालन नगर्न निर्देशन दिएको छ ।

विश्व स्वास्थ्य संगठनले बालबालिकामा हुने क्यान्सरको उपचारका लागि निःशुल्क औषधि उपलब्ध गराउने

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) तथा सेन्ट

बालबालिकालाई इनर्जी ड्रिंक मात्र होइन, सफ्ट  ड्रिंक पनि स्वास्थ्यका दृष्टिले राम्रा छैनन्

डा अरुणा उप्रेती । मिठाइ धेरैलाई मन पर्ने खाद्यवस्तु हो । मिठाइ उत्सव,

हुम्लामा ८२ प्रतिशत बालबालिकाले लगाए दादुरा–रुबेलाविरुद्धको खोप

सिमकोट । हुम्लामा ८२ प्रतिशत बालबालिकाले दादुरा–रुबेलाविरुद्धको खोप लगाएका छन् । सातवटा स्थानीय