कर्णालीमा सुत्केरी पोषण कोसेली कार्यक्रम लागू



सुर्खेत । कर्णाली प्रदेशका स्वास्थ्य संस्थामा प्रसूति हुने महिलाले पोषणबापत दुई हजार रुपैयाँ पाउने भएका छन् । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले मङ्सिर महिनादेखि लागू गरेको ‘सुत्केरी पोषण कोसेली’ कार्यक्रमअन्तर्गत स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने महिलालाई पोषणबापत  दुई हजार रकम प्रदान गर्ने व्यवस्था गरेको छ ।

यो व्यवस्थासंगै कर्णाली प्रदेशका स्वास्थ्य संस्थामा प्रसूति हुन आउने महिलाले चार हजार ८ सय रुपैयाँ पाउने भएका छन् । यसअघि स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाले यातायातबापत दुई हजार र चार पटक गर्भ जाँच गरेबापत आठ सय रुपैयाँ पाउँदै आएको थियो ।

जनस्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लेका अनुसार पोषणबापत दिइने दुई हजार प्रदेश अस्पतालको हकमा भने विपन्न महिलालाई मात्र प्रदान गरिने छ । अन्य स्वास्थ्य संस्थामा भने सबै सुत्केरीलाई प्रदान गरिने छ ।

स्वास्थ्य संस्थामा प्रसूति हुन आउनका लागि प्रोत्साहन स्वरुप यो कार्यक्रम ल्याइएको सामाजिक विकासमन्त्री दल रावलले बताए ।

मन्त्रालयका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य प्रशासक वृषबहादुर शाहीले कोसेली कार्यक्रमका लागि चालु आर्थिक वर्षमा चार करोड बजेट छुट्याइएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लक्षित वर्गको उपचारमा शय्या नछुट्याउने अस्पताललाई कारबाही गर्ने महानगरको तयारी

  काठमाडौं । काठमाडौँ महानगरपालिकाले लक्षित वर्गको उपचारका लागि १० प्रतिशत शय्या नछुट्याउने

सिकलसेल र थालसेमियाबारे जानकारी गराउँदै स्थानीय सरकार

  नेपालगंज । बाँकेको कोहलपुर नगरपालिकाले बंशाणुगत रोगका रूपमा रहेको सिकलसेल एनिमिया र

रोगको उपचार र रोकथामका नयाँ उपाय पत्ता लगाउन मस्तिष्क र शरीरको स्क्यान

मानव शरीरको इमेज स्क्यान गर्ने विश्वकै सबभन्दा ठूलो परियोजनाअन्तर्गत बेलायतमा ६० हजार स्वयंसेवीहरूको

भोजपुर अस्पतालसहितका स्वास्थ्य संस्थालाई ४० लाख बराबरको सामग्री हस्तान्तरण

भोजपुर । नागरिकको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन जिल्ला अस्पताल भोजपुरका साथै अन्य चार