फुट्ने जोखिम देखिएको भन्दै युगान्डाबाट फिर्ता गराइयो १० लाख प्याकेट कण्डम



एउटा परोपकारी संस्था मेरी स्टोप्सले युगान्डामा वितरण गरिएका १० लाखभन्दा बढी कन्डम फिर्ता लिएको जनाएको छ । परीक्षणका क्रममा लाइफ गार्ड ब्रान्डका भारतमा निर्मित कन्डम फुट्ने जोखिम देखिएको युगान्डाको नेशनल ड्रग अथोरिटी (एनडीए) ले जनाएको छ ।

मेरी स्टोप्सले ३५ वटाभन्दा बढी मुलुकमा गर्भनिरोधक र परिवार नियोजनसम्बन्धी सेवा प्रदान गर्दै आएको छ । संयुक्त राष्ट्रसङ्घका अनुसार युगान्डामा करिब छ प्रतिशत वयस्क एचआईभी एड्सबाट प्रभावित छन् ।

अर्को अध्ययन अनुसार त्यहाँ ११ प्रतिशतले मात्रै योजना बनाएर गर्भाधारण गर्ने गरेको पाइएको छ । मेरी स्टोप्सले युगान्डामा प्रतिमहिना १५ लाखदेखि २० लाखवटा सम्म कन्डम आपूर्ति गर्ने गरेको छ ।

“यस किसिमको विषयलाई लिएर कुनै एउटा देशको हाम्रो कार्यक्रमले फिर्ता लिएको यो पहिलो घटना भएको हामी पुष्टि गर्न सक्छौँ,“ मेरी स्टोप्सले बीबीसीलाई बताएको छ ।

गुणस्तर परीक्षणमा लाइफ गार्डका दुई खेप कन्डम विफल भएको भन्दै एनडीएले गत अक्टोबर ३० तारिखमा लेखेपछि पछिल्लो कदम चालिएको हो ।

पठाइएका ती खेपका कन्डममा देखिएका समस्याबारे र उच्च गुणस्तरको उत्पादनलाई जारी राख्ने विषयमा एनडीएसँग मिलेर काम गरिरहेको मेरी स्टोप्सले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रिय भिटामिन ‘ए’ अभियान वैशाख पहिलो साता

काठमाडौं । सरकारले बालबालिकालाई आगामी वर्ष वैशाख पहिलो साता राष्ट्रिय भिटामिन ‘ए’ अभियान

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि टेलिमेडिसिन सेवा सुरु

काठमाडौं । वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आजदेखि टेलिमेडिसिन सेवा

कोरोना सङ्क्रमणलाई रुघाखोकी भनेर बेवास्ता नगर्न मन्त्रालयको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ सङ्क्रमणलाई रुघाखोकी भनेर बेवास्ता नगर्न आग्रह

दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रको ‘एक्सरे मेसिन’ प्रयोगविहीन

म्याग्दी । पश्चिम म्याग्दीको दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा दुई महिनादेखि ‘एक्सरे मेसिन’ प्रयोगविहीन