नेपाल नेशनल अस्पताल कलंकीमा ‘ग्लोबल टेलिमेडिसिन सेन्टर’को सेवा सुरुवात



काठमाडौं । नेपाल नेशनल अस्पताल कलङ्कीमा ‘ग्लोबल टेलिमेडिसिन सेन्टर’को शुभारम्भ गरिएको छ । ग्लोबल टेलिमेडिसिन सेन्टर अमेरिका तथा रोटरी क्लब अफ इन्टरनेशनलको सहकार्यमा नेपाल नेशनल अस्पताल कलङ्कीमा शुक्रबार स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्र यादवले टेलिमेडिसिन सेवाको शुभारम्भ गरे ।

कार्यक्रममा उनले बढ्दो प्रविधिको प्रयोगसँगै प्रविधिको उच्चतम प्रयोग गरी सेवा प्रदान गर्न लागेकामा खुशी व्यक्त गरे । अस्पतालका मेडिकल निर्देशक डा प्रकाश पौडेलले दुर्गम क्षेत्रका जनतालाई सहज स्वास्थ्य सेवा प्रदान गर्न ग्लोबल टेलिमेडिसिन सेन्टर अमेरिकासँग सहकार्य गरेर काम गर्न लागिएको जानकारी दिए ।

टेलिमेडिसिन सेवाको शुरुवातसँगै आफ्नो अस्पतालका डाक्टरले विदेशी डाक्टरसँग सिक्ने र सिकेको सीपलाई दुर्गम गाउँका जनताको स्वास्थ्य उपचारमा प्रयोग गर्न पाइने उनले बताए ।

ग्लोबल टेलिमेडिसिन सेन्टर अमेरिकाका प्रमुख माइकल कुक, युर्निभर्सिटी अफ क्यालिफोर्नियाका डा जेम्स के गुड, रोटरी क्लब इन्टरनेशनल एशिया क्षेत्रका प्रमुख किमोजिम बेकर, ग्लोबल टेलिमेडिसिन सेन्टर भारतका प्रमुख सुरेश सवलोकलगायतले प्रविधिमार्फत नेपालको स्वास्थ्य क्षेत्रको विकासका लागि नेपालमा टेलिमेडिसिन सेन्टर स्थापना गरिएको बताए ।

सेन्टरको सहकार्यमा नेपाल नेशनल अस्पतालसहित त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज, शहीद गङ्गालाल हृदयरोग केन्द्र बाँसबारी, काठमाडौँ मोडल अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उक्त सेवाको जडान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
औषधि लिमिटेडलाई आधारभूत औषधि उत्पादन केन्द्रका रूपमा विकास गर्न संसदीय समितिको निर्देशन

काठमाडौं। प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सरकारी स्वामित्वको

भोजपुरको दिङ्लामा नगर अस्पताल सञ्चालन

भोजपुर । भोजपुरको उत्तर क्षेत्रमा रहेको षडानन्द नगरपालिकाको केन्द्र दिङ्लामा नगर अस्पताल सञ्चालनमा

घरघरमा स्वास्थ्य कार्यक्रमबाट पोखराका ११ हजारभन्दा बढी लाभान्वित

गण्डकी । पोखरा महानगरपालिकाले ‘घरघरमा स्वास्थ्य कार्यक्रम’अन्तर्गत ११ हजार ८६२ जनालाई नसर्ने रोगको

सबै सङ्घीय अस्पतालमा स्वास्थ्य उपकरणको लेखा परीक्षण अनिवार्य गर्न निर्देशन

काठमाडौँ । सबै सङ्घीय अस्पतालले आफ्ना स्वास्थ्य उपकरणको अवस्था अनिवार्य रूपमा लेखा परीक्षण