डेङगु नियन्त्रणका लागि कोरियन क्रुपि फाउण्डेशनद्वारा ३० थान ‘फग मेशिन’ हस्तान्तरण



बुटवल । लामखुट्टे र भुसुनालगायतका कीटाणु नष्ट गर्ने ‘फग मेशिन’ प्रदेश पाँच सरकारलाई उपलब्ध भएको छ ।

कोरियन क्रुपि फाउण्डेशनका अध्यक्ष लि साङ हुनले बुधबार प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीलाई उक्त मेशिन हस्तान्तरण गरेका हुन् । फाण्डेशनले ४५ लाख मूल्य बराबरका ३० थान मेशिन प्रदेश सरकारलाई उपलब्ध गराएको हो । प्रति मेशिनको मूल्य एक लाख ५० हजार परेको बताइएको छ । सो मेशिनबाट डेङ्गु नियन्त्रणमा आउने विश्वास गरिएको छ ।

त्यस्तै फाउण्डेशनले डब्लुएचओबाट प्रमाणीकरण भएको एक लाख मूल्य बराबरको औषधि पनि प्रदेश सरकारलाई उपलब्ध गराएको छ । सो संस्थाले गत वर्ष विराटनगरमा पनि मेशिन र औषधि वितरण गरेको थियो ।

यस वर्ष काठमाडौँमा पनि महानगरपालिकाको स्वीकृतिमा सम्बन्धित संस्थाले औषधि छर्कने कार्य गरेको बताइएको छ । त्यस्तै रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको भैरहवा र सुनौलीमा पनि सम्बन्धित संस्थाले औषधि छर्कने छ ।

सो अवसरमा मन्त्री केसीले प्राप्त भएको मेशिनमध्ये सुरक्षा क्याम्प र चार उपमहानगरपालिकालाई एक एक वटा प्रदान गरिने बताए । फाउण्डेशनका अध्यक्ष हुनले लामखुट्टे नियन्त्रणमा यो मेशिनले फलदायी परिणाम ल्याउने विश्वस व्यक्त गरे । रुपन्देहीमा डेङ्गुबाट मात्रै तीन जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आगामी चैतसम्म नेपालमा थप तीन करोड २३ लाख डोज खोप ल्याइने

काठमाडौं । सरकारले आउँदो असोज मसान्तभित्र थप एक करोड पाँच लाख खोप ल्याउने

कोरोना संक्रमणबाट २५ जनाको मृत्यु, १६८६ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २३९१ जनामा कोरोना संक्रमण पुष्टि भएको

विदेश जानेका लागि काठमाडौंका दुई अस्पतालमा खोप लगाइने

काठमाडौं । सरकारले विदेश जाने कामदार र विद्यार्थीका लागि कोरोना भाइरसविरूद्धको खोप लगाउन

कोरोना संक्रमण १८ जनाको मृत्यु, २०५० जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १५३९ जनामा कोरोना संक्रमण पुष्टि भएको