डेङगु नियन्त्रणका लागि कोरियन क्रुपि फाउण्डेशनद्वारा ३० थान ‘फग मेशिन’ हस्तान्तरण



बुटवल । लामखुट्टे र भुसुनालगायतका कीटाणु नष्ट गर्ने ‘फग मेशिन’ प्रदेश पाँच सरकारलाई उपलब्ध भएको छ ।

कोरियन क्रुपि फाउण्डेशनका अध्यक्ष लि साङ हुनले बुधबार प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीलाई उक्त मेशिन हस्तान्तरण गरेका हुन् । फाण्डेशनले ४५ लाख मूल्य बराबरका ३० थान मेशिन प्रदेश सरकारलाई उपलब्ध गराएको हो । प्रति मेशिनको मूल्य एक लाख ५० हजार परेको बताइएको छ । सो मेशिनबाट डेङ्गु नियन्त्रणमा आउने विश्वास गरिएको छ ।

त्यस्तै फाउण्डेशनले डब्लुएचओबाट प्रमाणीकरण भएको एक लाख मूल्य बराबरको औषधि पनि प्रदेश सरकारलाई उपलब्ध गराएको छ । सो संस्थाले गत वर्ष विराटनगरमा पनि मेशिन र औषधि वितरण गरेको थियो ।

यस वर्ष काठमाडौँमा पनि महानगरपालिकाको स्वीकृतिमा सम्बन्धित संस्थाले औषधि छर्कने कार्य गरेको बताइएको छ । त्यस्तै रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको भैरहवा र सुनौलीमा पनि सम्बन्धित संस्थाले औषधि छर्कने छ ।

सो अवसरमा मन्त्री केसीले प्राप्त भएको मेशिनमध्ये सुरक्षा क्याम्प र चार उपमहानगरपालिकालाई एक एक वटा प्रदान गरिने बताए । फाउण्डेशनका अध्यक्ष हुनले लामखुट्टे नियन्त्रणमा यो मेशिनले फलदायी परिणाम ल्याउने विश्वस व्यक्त गरे । रुपन्देहीमा डेङ्गुबाट मात्रै तीन जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुनवलमा डेढ करोडको लागतमा बनेको पशु अस्पताल अलपत्र

नवलपरासी  । जिल्लाको सुनवल‐२ रजहवामा  एक करोड ५१ लाखको लागतमा निर्माण गरिएको पशु

अब अस्पताल समयमा चिकित्सकले बाहिर जान नपाउने

चितवन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालमा काम गर्ने समयमा चिकित्सकहरु

त्रियुगा नगर अस्पताल सञ्चालन

उदयपुर । उदयपुरको त्रियुगा नगर अस्पतालले सेवा सञ्चालन गरेको छ । त्रियुगा नगरपालिका–

बागलुङका स्वास्थ्य संस्थामा डेङ्गी परीक्षण किट अभाव

बागलुङ  । धौलागिरी अस्पताल, गलकोट र बुर्तिवाङका प्राथमिक स्वास्थ्य केन्द्रमा डेंगी परीक्षण गर्ने किट