प्रजनन् स्वास्थ्यका निम्ति अमेरिकी सहायता निरन्तर रहने



काठमाडौं । अमेरिकाले नेपाली महिला र बालबालिकाको स्वास्थ्य विकासमा सहयोग गर्न प्रतिबद्ध रहेको स्पष्ट गरेको छ । काठमाडौंस्थित अमेरिकी दूतावासले मंगलबार विज्ञप्ति जारी गरी नेपाल सरकारलाई प्रजनन स्वास्थ्य सेवा सुदृढ तुल्याउन अमेरिकी अन्तर्राष्ट्रिय विकास सहयोग नियोग (युएसएआइडी)मार्फत निरन्तर सहयोग भइरहको र सहायता रकम वृद्धि भइरहेको बताएको छ ।

“युएसएआइडीको आर्थिक सहयोग विगत तीन वर्षमा एक करोड २० लाख डलरबाट झन् वृद्धि भई एक करोड ७० लाख डलर पुगेको छ । महिलाहरूको स्वास्थ्यमा सुधार ल्याउनका लागि नेपालसँग साझेदारी गर्ने हाम्रो प्रतिबद्धतामा परिवर्तन भएको छैन”, विज्ञप्तिमा भनिएको छ ।

अमेरिकाले सन् १९५० को दशकदेखि नेपालको स्वास्थ्य क्षेत्रमा साझेदारी गर्दै आएको छ भने त्यसलाई निरन्तरता दिइरहने दृढता पुनःव्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने

  काठमाडौँ ।  सरकारले यही वैशाख १६ गते (आइतबार)देखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि

नेपाल र चीनबीच मानव संशाधन विकास सहयोग र बोन म्यारो प्रत्यारोपणसम्बन्धी सम्झौता

काठमाडौं । नेपाल र चीनबीच दुई महत्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ

कर्णालीका हिमाली जिल्लामा देखिन थाल्यो औलो रोग

कर्णाली । कर्णालीका हिमाली जिल्लामा औलो देखिएको छ । सडक सञ्जालले हिमाली जिल्ला

सर्वसाधारणलाई ‘लू’बाट बच्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तातो हावा ‘लू’बाट बच्न सर्वसाधारणलाई आग्रह गरेको