प्रजनन् स्वास्थ्यका निम्ति अमेरिकी सहायता निरन्तर रहने



काठमाडौं । अमेरिकाले नेपाली महिला र बालबालिकाको स्वास्थ्य विकासमा सहयोग गर्न प्रतिबद्ध रहेको स्पष्ट गरेको छ । काठमाडौंस्थित अमेरिकी दूतावासले मंगलबार विज्ञप्ति जारी गरी नेपाल सरकारलाई प्रजनन स्वास्थ्य सेवा सुदृढ तुल्याउन अमेरिकी अन्तर्राष्ट्रिय विकास सहयोग नियोग (युएसएआइडी)मार्फत निरन्तर सहयोग भइरहको र सहायता रकम वृद्धि भइरहेको बताएको छ ।

“युएसएआइडीको आर्थिक सहयोग विगत तीन वर्षमा एक करोड २० लाख डलरबाट झन् वृद्धि भई एक करोड ७० लाख डलर पुगेको छ । महिलाहरूको स्वास्थ्यमा सुधार ल्याउनका लागि नेपालसँग साझेदारी गर्ने हाम्रो प्रतिबद्धतामा परिवर्तन भएको छैन”, विज्ञप्तिमा भनिएको छ ।

अमेरिकाले सन् १९५० को दशकदेखि नेपालको स्वास्थ्य क्षेत्रमा साझेदारी गर्दै आएको छ भने त्यसलाई निरन्तरता दिइरहने दृढता पुनःव्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रमाणित हुनेबित्तिकै नेपालीले कोभिडविरुद्धको खोप पाउँछन् : स्वास्थ्यमन्त्री ढकाल

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले सरकारले कोभिड–१९ विरुद्धको खोप प्रमाणित भएर

थप १७९० जनामा कोरोना संक्रमण, २७९१ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १७९० जनामा कोरोना संक्रमण पुष्टि भएको

कोरोना संक्रमणबाट चितवनमा एक महिलाको मृत्यु

काठमाडौं । चितवनको भरतपुरकी एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

गण्डकी प्रदेशमा थप ११२ जनामा कोरोना संक्रमण

काठमाडौं । गण्डकी प्रदेशमा थप ११२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।