धुमपानले थोरै उमेरमा धेरै बुढोपन



अत्यधिक धुमपान गर्नेहरूलाई थोरै उमेरमा पनि बुढोजस्तो देखिने समस्या हुने एक अध्ययनले देखाएको छ । हालै सार्वजनिक भएको अध्ययन प्रतिवेदनका अनुसार चुरोट बढी सेवन गर्नेहरूलाई वास्तविक उमेरभन्दा बढी बुढो देखिने गरेको छ ।

ब्रिष्टोलको लुईस मिल्लार्ड विश्वविद्यालयका अध्येताहरूले गरेको अध्ययन प्रतिवेदन पिएलओएस जेनेटिक्समा प्रकाशित भएको हो । उमेरभन्दा छिट्टै बुढ्यौली अत्यधिक धुम्रपानका कारणले भएको हो की बंशाणुगत कारणले भएको हो भन्ने तथ्य बैज्ञानिकहरूले छुट्याउन सक्ने पनि अध्ययनकर्ताहरुले जनाएका छन् ।

अध्ययनकर्ताहरुले अध्ययनमा सहभागीहरूलाई दुई समूहमा बाँडेर अध्ययन गरेका थिए । तीमध्ये एउटा समूह कहिल्यै धुम्रमान नगरेकाहरुको थियो भने अर्को समूह अहिले धुम्रपान गरिरहने वा विगतमा गरेकाहरूको थियो ।

अन्य कुरा समान रहेको अवस्थामा पनि धुम्रपान गर्ने र नगर्नेका बीचमा तुलना गर्दा धुम्रपान नगर्ने भन्दा धुम्रपान गर्नेहरु बढी बुढो देखिएको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

बढी धुम्रपान गर्नेहरुमा बुढ्यौली देखिने समस्यासँगै घाँटी, फोक्सो, आन्द्रा, छाला लगायतमा अनेक समस्या देखिने गरेको उनीहरुले जनाएका छन् । धुम्रपानको असर उनीहरुले कति मात्रामा धुम्रपान गरेका छन्, त्यहि मात्रामा असर पर्ने गरेको पाइएको पनि अध्ययनकर्ताहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सर्लाहीको मलंगवाका १५ वटा स्वास्थ्य संस्था बन्द गर्न सरकारको निर्देशन

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सर्लाहीको मलंगवामा १९ वटा स्वास्थ्यसंस्था अनुगमन

सोलुखुम्बुमा भाइरल सङ्क्रमण, फाप्लु अस्पतालमा क्षमताभन्दा बढी बिरामी

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा भाइरल सङ्क्रमणको प्रकोप उच्च भएको छ । पछिल्ला

स्वास्थ्य क्षेत्र सुधार अभियान निरन्तर रहने

धनुषा। मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आफ्नो स्वास्थ्य क्षेत्र सुधार अभियान निरन्तर रहने

के हुन सक्छन् मानसिक रोगका कारण ?

-डा. निराकारमान श्रेष्ठ हाम्रो परिवारका सदस्य वा छिमेकका मानिसहरु बाहिरबाट हेर्दा स्वस्थ्य देखिए