राष्ट्रिय पोषण अभियान सुरु, पहिलो चरणमा प्रदेश पाँचबाट कार्यान्वयन हुने



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय पोषण अभियानको शुभारम्भ गरेकी छन् । जन्मेको छ महिनादेखि २३ महिनासम्मका बालबालिका, गर्भवती आमा, प्रजनन् उमेरका महिलालाई आवश्यक पर्ने पोषक तत्व खाद्यान्नमार्फत उपलब्ध गराउने ध्येयले बलियो नेपाल नामक गैरसरकारी संस्थाले शुक्रबारदेखि अभियानको शुरुवात गरेको हो ।

राष्ट्रिय योजना आयोगद्वारा कार्यान्वयनमा रहेको दोस्रो बहुक्षेत्रीय पोषण कार्ययोजना (२०१८–२०२२)लाई थप सहयोग पुर्याउने अभियानको उद्देश्य रहेको छ ।

बालबालिकालाई पोषणयुक्त, स्वच्छ, पोषिलो आहार उपलब्ध गराई उनीहरुको समग्र जीवनलाई स्वस्थ्य बनाउने र बालबालिकाका अभिभावकलाई समेत आफ्ना बालबालिकालाई कस्तो आहार खुवाउनुपर्छ भन्ने जानकारी दिने काम अभियानले गर्नेछ ।

पहिलो चरणमा प्रदेश नम्बर ५ बाट कार्यान्वयन हुने र सबै प्रदेशमा क्रमशः लागू गर्दै जाने अभियानले जनाएको छ । अभियान सरकारी र निजी क्षेत्रको सहकार्य तथा विल एण्ड मिलिण्डा गेट्स फाउण्डेशनको आर्थिक एवं प्राविधिक सहयोगमा सञ्चालन हुने जनाइएको छ ।

पाँच वर्षमुनिका बालबालिकामा सन् २००१ मा पुड्कोपन ५५ प्रतिशत रहेकामा सन् २०१६ मा ३६ प्रतिशतमा झरेको थियो । सन् २०३० सम्ममा पुड्कोपन १५ प्रतिशतमा झार्ने लक्ष्य लिइएको छ ।

यसैगरी प्रजनन उमेर समूहका २०–४९ उमेर समूहका ४८ प्रतिशत महिलाको २० वर्ष नपुग्दै विवाह हुने गर्दछ । सुत्केरी भएका आमामध्ये ५० प्रतिशतले मात्र एक घण्टाभित्र शिशुलाई दूध चुसाउने तथ्यांकले देखाएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले अभियानको शुरुवात गर्दै नेपालले पोषणका क्षेत्रमा केही उपलब्धि हासिल गरे पनि अझै कुपोषणका कारण हुने विविध समस्यामा उल्लेखनीय सुधार आउन नसकेको बताइन् ।

विल एण्ड मिलिण्डा गेट्स फाउण्डेशनका उप कार्यकारी निर्देशक केमल चिण्डाले बालबालिकाको पोषण अवस्थालाई सुधार ल्याउन फाउण्डेशनले सहयोग पर्न पाएकामा खुशी व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
औषधि लिमिटेडलाई आधारभूत औषधि उत्पादन केन्द्रका रूपमा विकास गर्न संसदीय समितिको निर्देशन

काठमाडौं। प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सरकारी स्वामित्वको

भोजपुरको दिङ्लामा नगर अस्पताल सञ्चालन

भोजपुर । भोजपुरको उत्तर क्षेत्रमा रहेको षडानन्द नगरपालिकाको केन्द्र दिङ्लामा नगर अस्पताल सञ्चालनमा

घरघरमा स्वास्थ्य कार्यक्रमबाट पोखराका ११ हजारभन्दा बढी लाभान्वित

गण्डकी । पोखरा महानगरपालिकाले ‘घरघरमा स्वास्थ्य कार्यक्रम’अन्तर्गत ११ हजार ८६२ जनालाई नसर्ने रोगको

सबै सङ्घीय अस्पतालमा स्वास्थ्य उपकरणको लेखा परीक्षण अनिवार्य गर्न निर्देशन

काठमाडौँ । सबै सङ्घीय अस्पतालले आफ्ना स्वास्थ्य उपकरणको अवस्था अनिवार्य रूपमा लेखा परीक्षण