मानिसमा ‘क्यान्सरको जन्म’को सङ्केत खोज्न कृत्रिम क्यान्सर बनाउन खोज्दै वैज्ञानिकहरू



ब्रिटेन र अमेरिकाका वैज्ञानिकहरू क्यान्सरको प्रारम्भिक अवस्थाको सङ्केत पत्ता लगाउने प्रयास गर्दैछन् । क्यान्सर देखा पर्नुअघि नै पत्ता लगाउन र उपचार गर्न सजिलो होस् भनेर उनीहरू क्यान्सरका सङ्केतहरूको खोजी गर्ने काममा जुटेका हुन् ।

क्यान्सर “पहिलो दिनमा“ कस्तो देखिन्छ त्यो जान्न सकियोस् भनेर उनीहरू प्रयोगशालामा क्यान्सरलाई “जन्माउने“ अनुसन्धानात्मक योजनामा छन् । क्यान्सर शीघ्र पहिचान गर्ने उद्देश्यसहित गठित अन्तर्राष्ट्रिय संस्था इन्टरन्याश्नल अलाईअन्स फोर क्यान्सर अर्ली डिटेक्शनले यो अनुसन्धानलाई आफ्नो प्राथमिकतामा राखेको छ ।

उसका अनुसार प्रारम्भिक अवस्थामै क्यान्सर पत्ता लगाउन मिलेर काम गर्दा बिरामीलाई लाभ हुनेछ । ब्रिटेनको परोपकारी संस्था क्यान्सर रिसर्चले केम्ब्रिज विश्वविद्यालय, म्यान्चेस्टर विद्यालय, यूनिभर्सिटी कलेज लन्डन तथा अमेरिकाका स्ट्यान्फर्ड र ओरगन विश्वविद्यालयसँग यो क्षेत्रमा विचार, प्रविधि र विज्ञता साटासाट गर्न एउटा समूह बनाएको छ ।

उच्च खतरा भएका बिरामीको निरीक्षणका लागि रगत, सास र पिसाब आदिको परीक्षण विकास गर्ने उद्देश्यसहित वैज्ञानिकहरू मिलेर काम गरिरहेका छन् । सुरुमै क्यान्सर पत्ता लगाउन इमेजिङ विधिमा सुधार गर्न र पत्ता लगाउन नसकिने क्यान्सरका सङ्केतहरू खोज्न पनि उनीहरू प्रयास गर्दैछन् । तर उनीहरूले यो काम परालमा सियो खोजे जस्तै भएको स्वीकार्दै त्यसका लागि ३० वर्ष पनि लाग्न सक्ने बताएका छन् ।

“आधारभूत समस्या के हो भने हामी कहिल्यै मानिसमा क्यान्सर जन्मिएको देख्न सक्दैनौँ,“ क्यान्सर रिसर्च यूकेको अर्ली डिटेक्शन रिसर्चका प्रमुख डेभिड क्रज्बीले भने । क्यान्सर गराउन सक्ने अतिसूक्ष्म परिवर्तन प्रारम्भमै देखिन्छ कि भनेर म्यान्चेस्टरका अनुसन्धानकर्ताहरू रोगप्रतिरोध प्रणालीका कृत्रिम कोष प्रयोग गरेर प्रयोगशालामा मानवस्तनका तन्तुहरू विकसित गर्दैछन् ।

प्राध्यापक रोब ब्रिस्टोले त्यो “बिरामीको शरीरबाहिर जीवित तन्तुको भण्डार“ जस्तै भएको बताएका छन् । तर प्रारम्भिक चरणमा देखिएका सबै कोष क्यान्सरमा परिणत नहुने भएकोले “रोग बढी खुट्याइने“ खतरा सधैँ रहनेछ ।

अनुसन्धानकर्ताहरू त्यस्तो काम एकदम मिलेको हुनुपर्ने बताउँछन् । फरक किसिमका क्यान्सरमा व्यक्तिपिच्छे हुने क्यान्सरको जोखिम पत्ता लगाउन मानिस जन्मिँदै प्राप्त हुने जीन तथा हुर्किने पर्यावरण पनि हेर्नुपर्ने उनीहरूको भनाइ छ ।

त्यसो गरे मात्र कुन बेला हस्तक्षेप गर्ने भन्ने थाहा हुन सक्छ । अहिलेसम्म क्यान्सर छिटो पत्ता लगाउने विषयमा सानो स्तरमा मात्रै काम भएको र त्यो पनि असङ्गत रहेकोले ठूलो जनसङ्ख्यामा परीक्षण पुग्न नसकेको बताइन्छ ।

डा. क्रज्बीले यो सहकार्यले “रोग अन्तिम चरणमा पुग्दा हतारहतार महँगो उपचार गर्नुपर्ने अवस्थालाई सुरुमै हस्तक्षेप गरेर तीव्र र किफायती उपचारमार्फत् हाम्रो स्वास्थ्य प्रणालीमा ठूलो परिवर्तन ल्याउने“ बताएका छन् ।

तथ्याङ्कले देखाएअनुसार पहिलो चरणमा पत्ता लागेको स्तन क्यान्सरका ९८ प्रतिशत बिरामी पाँच वर्ष बाँच्छन्। अतिविकसित चौथो चरणमा मात्रै पत्ता लागेकामध्ये जम्मा २६ प्रतिशत बिरामी पाँच वर्षसम्म बाँच्छन् ।

तर अहिले स्तन क्यान्सर भएका ४४ प्रतिशत बिरामीहरूको सुरुकै चरणमा रोग पत्ता लाग्छ । ब्रिटेनमा एउटा खास उमेरमा पुगेपछि क्यान्सर छ कि छैन भनेर स्तन, पेट र पाठेघरको मुख जाँच गर्ने एउटा कार्यक्रम रहेको छ ।

यद्यपि अहिले प्यान्क्रीअस अर्थात् अग्न्याशय, कलेजो, फोक्सो र प्रोस्टटजस्ता अङ्गको भरपर्दो स्क्रीनिङ अर्थात् परीक्षण गर्ने साधन छैन। त्यसैले क्यान्सर भएका मानिसको बाँच्ने दर प्रायः कम छ ।

यूनिभर्सिटी कलेज लन्डनका प्राध्यापक मार्क एम्बर्टनले एमआरआईजस्ता परीक्षणविधिको विकास एउटा “मौन क्रान्ति“ भएको बताए । त्यस्तो विधिले प्रोस्टेट क्यान्सर पत्ता लगाउन गरिने बाईओप्सीमा प्रयोग हुने सियोलाई विस्थापित गरिदिन सक्छ ।

“इमेजिङले केवल आक्रामक कोषमात्रै देख्छ, तपाईँले खोज्न नचाहेको कुरालाई बेवास्ता गरिदिन्छ,“ उनले भने । तर उनका अनुसार त्यो महँगो छ र प्रयोगका लागि अझै तयार भइसकेको छैन । अब इमेजिङ प्रविधिमा ट्यूमरका कोषमा लेजर पठाएर ध्वनि तरङ्ग सिर्जना गर्दै छायाचित्र बनाइदिने हाइपर पोलराइज्ड एमआरआई तथा पठाउने अकूस्टिक्सको परीक्षण हुन बाँकी छ।

प्राध्यापक एम्बर्टनका अनुसार कुन क्यान्सर यस्तो खालको इमेजिङका लागि उपयुक्त छ भनेर पत्ता लगाउनु अर्को लक्ष्य बनेको छ । यूनिभर्सिटी अफ केम्ब्रिजकी प्रा. रेबेका फिट्स्जेरल्ड मुखबाट पेटमा खाना जाने नली र पेटमा क्यान्सर हुनुअघिको “घाउ“ पत्ता लगाउन सक्ने उन्नत इन्डोस्कोप विकसित गर्दैछिन् ।

क्यान्सर प्रारम्भमै पत्ता लगाउन पर्याप्त ध्यान नदिइएको र क्यान्सरका केही परीक्षणहरू धेरै सरल र सस्ता हुनेको उनको भनाइ छ । फिट्स्जेरल्डले आफू अन्तर्राष्ट्रिय सहकर्मीहरूसँग सहकार्य गर्न इच्छुक भएको बताएकी छन् ।

क्यान्सर रिसर्च यूकेले आउँदो पाँच वर्षका लागि इन्टरन्याश्नल अलाईअन्स फोर क्यान्सर अर्ली डिटेक्शनमा पाँच करोड डलर लगानी गर्दैछ । स्ट्यान्फर्ड विश्वविद्यालयको क्यानरी सेन्टर र ओरगनको ओएचएसयू नाईट क्यान्सर इन्स्टिट्यूटले पनि दुई करोड डलरको योगदान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
थप १,९११ जनामा कोरोना संक्रमण, ९६१ जना डिस्चार्ज

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १९११ जनामा कोरोना संक्रमण पुष्टि भएको

रुपन्देही र बाँकेमा गरी कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु

बुटवल । रुपन्देही र बाँकेमा कोरोना सङ्क्रमणका कारण चार जनाको मृत्यु भएको छ

गण्डकी प्रदेशमा थप ११ जनामा संक्रमण

काठमाडौं । गण्डकी प्रदेशमा थप ११ जनामा संक्रमण पुष्टि भएको छ । नवलपरासी

तोकिएको भन्दा बढी शुल्क लिने प्रयोगशालाको दर्ता खारेज गर्ने सरकारको चेतावनी

काठमाडौं । सरकारले पीसीआर परीक्षण गर्दा तोकिएको शुल्कभन्दा बढी लिने प्रयोगशालालाई २४ घण्टाभित्र