कात्तिक २ र ३ गते भिटामिन ए र जुकाको औषधि खुवाइने



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस आर्थिक वर्षको पहिलो चरणको राष्ट्रिय भिटामिन ए कार्यक्रम कात्तिक २ र ३ गते गर्ने भएको छ।

पहिलो चरण अन्तर्गत ७५३ वटै पालिकाको ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई भिटामिन ए र १ देखि ५ वर्षसम्मका बालबालिकाहरुलाई जुकाको औषधि खुवाउने कार्यक्रम रहेको छ।

साथै शीघ्र कुपोषणको एकीकृत व्यवस्थापन लागू भएका जिल्लाहरुमा पाँच वर्ष मुनिका बालबालिकालाई ‘एमयुएसी’ टेपबाट पोषण स्थिति लेखाजोखा एवं ६ देखि २३ महिनाका बालबालिकालाई बहुसूक्ष्म पोषक तत्व बालभिटा वितरण गर्ने कार्यक्रम मन्त्रालयले गर्ने भएको छ।

स्वास्थ्य मन्त्रालयले पत्रमा स्थानीय तहबाट सहयोग समन्वय तथा प्रचारप्रसार तथा आवश्यक सहजीकरणको लागि अनुरोध समेत गरेको छ। साथै समन्वयका लागि संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयलाई समेत पत्राचार गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रोगको उपचार र रोकथामका नयाँ उपाय पत्ता लगाउन मस्तिष्क र शरीरको स्क्यान

मानव शरीरको इमेज स्क्यान गर्ने विश्वकै सबभन्दा ठूलो परियोजनाअन्तर्गत बेलायतमा ६० हजार स्वयंसेवीहरूको

भोजपुर अस्पतालसहितका स्वास्थ्य संस्थालाई ४० लाख बराबरको सामग्री हस्तान्तरण

भोजपुर । नागरिकको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन जिल्ला अस्पताल भोजपुरका साथै अन्य चार

नेपालमा क्षयरोग र डेंगु अन्त्य गर्न विश्व स्वास्थ्य संगठनले सहकार्य गर्ने

काठमाडौं । सरकारले सूर्तिजन्य पदार्थ र मदिरामा कर बढाउने भएको छ । विश्व

पृथ्वीराजमार्गको सत्रसयमा ट्रमा अस्पताल बनाउन माग

  दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिकाले पृथ्वीराजमार्गको सत्रसयमा ट्रमा अस्पताल बनाउन गण्डकी प्रदेश