मानव शिशुमा बन्ने हातको मांसपेशी छेपारोको जस्तो



वैज्ञानिक अनुसन्धानले गर्भमा रहेका शिशुका हातमा छेपारोको जस्तो अतिरिक्त मांसपेशी बन्ने तर अधिकांश व्यक्तिमा जन्मिनुअघि लोप हुने पत्ता लागेको छ।

‘डेभलपमन्ट’ जर्नलमा जीववैज्ञानिकहरूले उल्लेख गरेअनुसार मानवजातिमा छोटो समयका लागि देखिए पनि ती मांसपेशी सम्भवत: क्रमविकासका धेरै पुराना अवशेष हुन्।

उनीहरूले त्यसलाई सरीसृपबाट स्तनधारीमा रूपान्तरण भएको बेलाको अर्थात् २५ करोड वर्ष पुरानो अवशेष मानेका छन्।

तर मानिसको शरीरले किन त्यो बनाउँछ र जन्मिनुअघि लोप हुन्छ भन्ने स्पष्ट छैन।

वैज्ञानिकहरूले विकासको त्यो चरणको औँलाको चालसँग सम्बन्ध भएको अनुमान गरेका छन्। अरू औँलामा हराए पनि मानिसको बूढीऔँलामा एउटा अतिरिक्त मांसपेशी बाँकी रहन्छ।

कहिलेकाहीँ केही मानिसमा अतिरिक्त औँला र हातका मांसपेशी भएको देखिन्छ। तर वैज्ञानिकहरूले गर्भाशयमा सातदेखि १३ हप्तासम्मका भ्रूणका थ्रीडी स्क्यानमा कहिल्यै पनि सबै डोर्सोमेटकार्पल नामक मांसपेशीहरू देखेनन्।

कहिलेकाहीँ बाँकी रहँदा ती मांसपेशीहरू शारीरिक विकृतिसँग सम्बन्धित हुन्छन्। वैज्ञानिकहरूले अध्ययन गरेका १५ विकासोन्मुख शिशुमा पत्ता लागेको तथ्यले जन्मजात हुने त्यस्ता विकृतिबारे बुझ्न सघाउँछ।

शोधका मुख्य लेखक तथा अमेरिकास्थित हार्भर्ड विश्वविद्यालयका डा. रुई डिओगो भन्छन्, “हाम्रो बूढीऔँलातर्फ जाने थुप्रै मांसपेशी हुन्छन्, बूढीऔँलाको चाल निश्चित हुन्छ। तर अरू औँलातिर जाने धेरै मांसपेशी हामी गुमाउँछौँ।”

“हाम्रो क्रमविकासमा हामीलाई तिनको त्यति खाँचो परेन।”

“त्यसो भए ती किन बन्छन् त? क्रमविकासमा ‘म सबै कुरा मेट्छु। माइलीऔँलादेखि कान्छीऔँलासम्म जाने सबै मासंपेशी हटाउँछु, खालि बूढीऔँलातिर जाने एउटा राख्छु’ भन्न हामी सक्दैनौँ।”

“यो त्यति सजिलो छैन। सम्भवत: यो मांसपेशीको एक तह बन्नुपर्छ अनि त्यसपछि यो अरू औँलाबाट हराउँछ। तर बूढीऔँलामा बाँकी हुन्छ।”

उनले यी मांसपेशीहरू एपेन्डिक्स, बुद्धि बङ्गारो र पुच्छरको हाड जस्ता मानिसको शरीरमा बाँकी रहने उपयोगविहीन अवयवभन्दा निकै असाधारण भएको बताए।

उनले भने, “यी मांसपेशीहरू २५ करोड वर्षअघि नै लोप भएका हुन्।”

“कुनै पनि वयस्क स्तनधारी जीवमा यी मांसपेशीहरू हुँदैनन्। न मुसामा न कुकुरमा हुन्छ। यो वास्तवमा धेरै पहिलाको कुरा हो।”

“हाम्रो प्रजातिको भन्दा पनि माछा, भ्यागुता, कुखुरा र मुसाको प्रारम्भिक विकासबारे हामीलाई धेरै थाहा थियो। तर अहिले नयाँ प्रविधिहरूले हामीलाई मानव विकासबारे विस्तृत रूपमा बुझ्न सघाएका छन्।”

मानव र पुच्छर नभएका वानरजस्ता जीवको अध्ययन गरेका अमेरिकन म्यूजीअम अफ न्याचरल हिस्ट्रीसँग सम्बद्ध मानवशास्त्री डा. सर्गेई अल्मेसिजाले यो अध्ययनबाट मानव विकाससँग सम्बन्धित गम्भीर कुरा बुझिएको तर कैयौँ प्रश्नहरू उठेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कर्णालीका हिमाली जिल्लामा देखिन थाल्यो औलो रोग

कर्णाली । कर्णालीका हिमाली जिल्लामा औलो देखिएको छ । सडक सञ्जालले हिमाली जिल्ला

सर्वसाधारणलाई ‘लू’बाट बच्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तातो हावा ‘लू’बाट बच्न सर्वसाधारणलाई आग्रह गरेको

कोल्डड्रिङ्क्सको सट्टा कागती पानी 

डा अरुणा उप्रेती । गर्मीयाम सुरु भएसँगै तीर्खा मेट्नका लागि विभिन्न चिसो पेय

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १२ सयको मिर्गौला प्रत्यारोपण

  भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा एक हजार