नर्भिकले सञ्चालनमा ल्यायो नयाँ क्याथल्याव



काठमाडौँ । काठमाडौंको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले नयाँ क्याथल्याव सञ्चालनमा ल्याएको छ । विश्व मुटु दिवसका अवसरमा आयोजित कार्यक्रममा नर्भिकका अध्यक्ष बसन्त कुमार चौधरीले रिवन काटी थल्यावको उदघाटन गरे ।

यो क्याथल्याव नर्भिकले सन् २००० को अगस्ट महिनामा जडान गरेको देशकै पहिलो क्याथल्यावपछिको तेस्रो पुस्ताको क्याथल्याव हो । उक्त क्याथल्याव अत्यन्तै नविनतम् सुविधा र प्रविधिले भएको अस्पतालको दावी छ ।

अस्पतालले नयाँ क्याथल्याव सञ्चालनमा आएपछि मुटुका रक्तनली हातखुट्टाका रक्तनली र मुत्रप्रणालीका रक्तनली आदिको इन्टरभेन्सन्स् सुरक्षित छिटो र छरितो गर्न सकिनुका साथै न्युरो नेभिगेसनमा समेत अत्यन्त भरपर्दो हुने बताएको छ ।

यसैबीच नर्भिकले विविध कार्यक्रमका साथ शनिबार यस वर्षको विश्व मुटु दिवस मनाएको छ ।

विश्व मुटु महासंघको आव्हानमा हरेक वर्ष सेप्टेम्बर महिनाको २९ तारिखमा यो दिवस मनाइन्छ । सन् २००० को सेप्टेम्बर २४ तारीखदेखि मनाउन थालिएको यस दिवसले झण्डै २ दशकलाई स्पर्श गर्न गइरहेको छ ।

विश्वव्यापी रुपमा बढ्दै गएको मुटुरोगबारे वृहत् जनचेतनाको अभिवृद्धि गर्नु÷गराउनु र रोग रोकथामका उपायहरू अवलम्बन गराउन जनमानसलाई अभिप्रेरित गराउनु नै यस दिवसको मुख्य उद्देश्य रहिआएको छ ।

सूर्ति तथा सूर्तिजन्य पदार्थको व्यापक प्रयोग, मधुमेह, अस्वस्थ आहार–व्यवहार, मद्यपान, उच्च रक्तचाप, उच्च रक्त कोलेस्टेरोल, ज्यादा मोटोपना, शारीरिक निस्क्रियता वा विलासपूर्ण जीवनशैलीका कारण विश्वभर कै मानिसहरु यसको चपेटामा पर्दैआएका छन् र रोगीहरु बढ्दै गइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाटन अस्पतालमा स्तन क्यान्सरको औषधि निःशुल्क

ललितपुर । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पाटन अस्पतालले स्तन क्यान्सरसम्बन्धी औषधि निःशुल्क वितरण

दमौली अस्पतालमा डायलासिस उपकरण बिग्रिँदा विरामी मर्कामा

  तनहुँ  । जिल्लामा मिर्गौलासम्बन्धी रोगका बिरामी बढ्दो अवस्थामा रहँदा हाल सञ्चालित एकमात्र

नसोचेको खुशी पाउँदा …

सिरहा ।संसार देख्ने आँखा अचानक बन्द भइदिँदा कति अन्धकार हुँदो हो ! दैनिकी

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. भुसाल नियुक्त

काठमाडौं । नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्राध्यापक डाक्टर चोपलाल भुसाल नियुक्त भएका छन्