असोज १० र ११ नेपालमा पहिलो पटक बाथरोग चिकित्सकको सम्मेलन हुने



काठमाडौं । दक्षिण एशियाली देशमा बाथरोगको अवस्था, पछिल्ला उपचार प्रविधि, समस्या तथा रोगबारे आमजनचेतनासमेत जगाउने ध्येयले बाथरोग चिकित्सक सम्मेलन आयोजना हुने भएको छ ।

नेपाल बाथरोग सङ्घद्वारा यही असोज १० र ११ गते हुने दुईदिने सम्मेलनमा दक्षिण एशियाली क्षेत्रका नेपाल, भारत, पाकिस्तान, श्रीलङ्का, भूटान, बङ्गलादेशलगायतका ५० विशेषज्ञ र नेपालका करीव १२५ चिकित्सक तथा स्वास्थ्यकर्मीको सहभागिता रहनेछ ।

नेपालमा पहिलो पटक आयोजित सो सम्मेलनले बाथरोगसम्बन्धी काठमाडाँै घोषणापत्रसमेत जारी गर्ने छ । सङ्घका कार्यसमिति सदस्य एवं बाथरोग विशेषज्ञ श्वेता नकर्मीका अनुसार सम्मेलनमा सहभागी देशले बाथरोग उपचारका अवस्थाबारे कार्यपत्र प्रस्तुत गर्नेछन् ।

नेपालमा कूल जनसङ्ख्याको दश प्रतिशत अर्थात् ३० लाख मानिसलाई कुनै न कुनै प्रकारका बाथरोगको समस्या भएको तीमध्ये करीब १५ प्रतिशत मात्र उपचारको पहुँचमा पुग्ने गरेका जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कोरोना संक्रमणबाट बाँकेमा थप एक जनाको मृत्यु

नेपालगंज । कोरोना सङ्क्रणमबाट नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत एक कर्मचारीको मृत्यु

यात्रा गर्नेबित्तिकै हतारमा कोरोना परीक्षण नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । सरकारले यात्रा गर्नेबित्तिकै आशङ्कामा कोरोना परीक्षण नगर्न सबैमा आग्रह गरेको छ

थप १२०७ जनामा कोरोना संक्रमण, १,१४७ जना डिस्चार्ज

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १२०७ जनामा कोरोना संक्रमण पुष्टि भएको

गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण

काठमाडौं । गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।