मेरुदण्ड, नशा र मांशपेशीबाट उत्पन्न रोगका कारण वर्षेनी १५ हजारभन्दा बढीको मृत्यु



काठमाडौं । सरकारले स्थापना गर्न लागेका स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मेरुदण्ड, नशा र मांशपेशीका अध्ययन अध्यापन तथा सेवामा विशेष ध्यान दिन यस क्षेत्रका विज्ञले आग्रह गरेका छन् ।

पछिल्लो समयमा सडक दुर्घटनालगायत अन्य दुर्घटनाबाट मेरुदण्ड, नशा र मांशपेशीका बिरामीको चाप तथा मृत्यु बढ्दै गएको भन्दै विज्ञले यसका बारेमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विशेष कार्यक्रम ल्याउन जोड दिएका छन् ।

नेपालमा मेरुदण्ड, नशा र मांशपेशीबाट उत्पन्न रोगका कारण वर्षेनी १५ हजारभन्दा बढीको मृत्यु हुने विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । मन्त्रालयले सातवटै प्रदेशमा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाको कार्य अगाडि बढाएको छ ।

हाल मुलुकभर ८० जना मात्र मेरुदण्ड, नशा र मांशपेशीका विज्ञ चिकित्सक रहेको बताइएको छ । न्यूरो शल्यचिकित्सक समाज नेपाल (नेसोन) अन्तर्गत न्यूरो स्पाइन च्याप्टरद्वारा आयोजित दुईदिने सम्मेलनमा नेपालसहित भारत, अमेरिकाका न्युरो सर्जन, अर्थाेपेडिक्स, फिजियोथेरापिष्ट, न्युरो ट्रमा विशेषज्ञ, बालनशा रोग विशेषज्ञलगायत १२५ भन्दाबढी स्वास्थ्यकर्मीको सभागिता रहेको छ । सम्मेलनमा ती क्षेत्रका २० वटा कार्यपत्र प्रस्तुत गरिनेछ ।

सम्मेलनको शुभारम्भका अवसरमा नेसोनका अध्यक्ष चिकित्सक निलमकुमार खड्काले मेरुदण्ड, नशा र मांशपेशीका जनशक्ति उत्पादनमा सरकारले विशेष ध्यान दिन, तल्लो तहका अस्पतालमा नशा रोग चिकित्सकको व्यवस्था गर्न आग्रह गर्दै मेरुदण्ड, नशा र मांशपेशीका बिरामीका लागि पुनःस्थापना केन्द्र स्थापना गर्नुपर्ने बताए ।

अन्नपूर्ण न्युरो अस्पतालका मेडिकल डाइरेक्टर डा समीर आचार्यले पछिल्लो समयमा हड्डी खिइने, नशा च्यापिने, हड्डीमा मासु पलाउने रोगीका सङ्ख्या तथा सडक दुर्घटनाका कारण मेरुदण्ड भाँचिने क्रम वृद्धि भइराखेको उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हुम्ला अस्पतालमा औषधि अभाव

सिमकोट । हुम्ला सदरमुकाम सिमकोटस्थित जिल्ला अस्पतालमा औषधि अभाव भएको छ । यहाँ

नेपाल-भारत सीमामा कडाइः कोरोना परीक्षणबिना नेपाल प्रवेशमा रोक

बैतडी । कोरोना संक्रमणको जोखिम बढेसँगै सुदूरपश्चिम प्रदेशका भारतसँग सीमा जोडिएका नाकामा मास्क

महाकाली अस्पतालमा डायलासिस सेवा सञ्चालनको तयारी

महेन्द्रनगर । कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालमा डायलासिस सेवा सञ्चालनको तयारी भइरहेको छ ।

राष्ट्रिय भिटामिन ‘ए’ अभियान वैशाख पहिलो साता

काठमाडौं । सरकारले बालबालिकालाई आगामी वर्ष वैशाख पहिलो साता राष्ट्रिय भिटामिन ‘ए’ अभियान