चिकित्सा शिक्षा आयोगले कसैको दवावमा काम गर्दैनः प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा शिक्षा आयोगले कसैको प्रभाव वा दबाबमा काम गर्न नहुने बताएका छन् । आयोगको बैठकलाई बुधबार बालुवाटारमा सम्बोधन गर्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् ।

आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले विगतमा कतिपय कामहरु दबाब, भावना र अन्य प्रकारका सम्बन्धले भएकोले त्यस प्रकारको कमजोरी अब दोहोरिन नहुने प्रधानमन्त्री ओलीको भनाइ छ ।

“यस आयोगलाई प्रभावित पार्ने हैसियत कसैको हुदैन ।” प्रधानमन्त्रीले भने –“यसले स्वायत्त ढंगले काम गर्छ । देशको आवश्यकता अनुसार काम गर्नुपर्दछ ।”

प्रधानमन्त्रीले नेपालमा ७० प्रतिशत प्राविधिक धारको शिक्षा हुनुपर्ने बताए । “हाम्रो शिक्षा साक्षर बनाउने खालको मात्र होइन, जीवन उपयोगी बनाउनु पर्दछ ।”

प्रधानमन्त्रीले भने, “विगतमा शैक्षिक संस्थाको संख्या हेरियो तर गुणस्तर हेरिएन । तर अब त्यस्तो हुदैन ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
काभ्रेमा तीन महिनापछि पुनः रेबिज संक्रमण पुष्टि

काभ्रे । काभ्रेमा तीन महिनापछि पुनः रेबिज रोग देखापरेको छ । जिल्लाको दक्षिणी

‘कलिलो उमेरमा विदेश जाँदा मानसिक समस्या’

चितवन । विगत १८ वर्षदेखि अष्ट्रेलियाको सिड्नीमा मनोचिकित्सकको रुपमा कार्यरत यहाँका डा .घनश्याम

बीएण्डबी अस्पतालद्वारा पत्रकारलाई उपचारमा छुट

काठमाडौं । पत्रकार महासङ्घमा आबद्ध देशभरका पत्रकारलाई औषधि तथा उपचारमा छुटका लागि बीएण्डबी

एचआइभी सङ्क्रमणमा ८४ प्रतिशतले कमी

काठमाडौँ । नेपालमा सन् २००० को तुलनामा एचआइभीको नयाँ सङ्क्रमण ८४ प्रतिशतले घटेको