काठमाडौं । सभामुख डीपी अर्यालले आइतबारको प्रतिनिधिसभा बैठकमा अमर्यादित व्यवहार प्रदर्शन गर्ने सांसदहरूमाथि छानबिन गर्न समिति गठन गरेका छन् ।
सचिव प्रकाश अधिकारीको संयोजकत्वमा संघीय संसदको आन्तरिक सेवा तथा योजना व्यवस्थापन महाशाखाका प्रमुख र प्रविधि व्यवस्थापन महाशाखा प्रमुख सदस्य रहेको समिति गठन गरिएको हो ।
सभामुख अर्यालले ७ दिनभित्र प्रतिवेदन तयार पार्नेगरी समिति गठन भएको सदनलाई जानकारी गराएका छन् । आइतबारको बैठकमा सभाका केही सदस्यहरूले अव्यवस्था सिर्जना गरी अमर्यादित र आपत्तिजनक व्यवहार प्रदर्शन र भौतिक हानी नोक्सानी र क्षति समेत गरेकाले प्रतिनिधिसभा नियमावली २०८३ को नियम ३३ को उपनियम ४ बमोजिम सभामुखलाई विस्तृत जानकारी हुन आएको तथा आजै सो विषयका सम्बन्धमा मुचुल्का समेत तयार भइसकेकाले यस सम्बन्धमा थप जाँचबुझ गरी ७ दिनभित्र सभामुखसमक्ष प्रतिवेदन पेस गर्ने गरी सचिव प्रकाश अधिकारी संयोजक, संघीय संसदको आन्तरिक सेवा तथा योजना व्यवस्थापन महाशाखाका प्रमुख र प्रविधि व्यवस्थापन महाशाखा प्रमुख सदस्य रहेको समिति गठन गरेको जानकारी दिए ।
आइतबारको प्रतिनिधिसभा बैठकमा प्रतिनिधिसभा नियमावली पारित गर्ने क्रममा विपक्षी सांसदले वेल घेर्नुका साथै अमर्यादित व्यवहार प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया