बैंकबाट ऋण लिएर जनतालाई सेवा दिँदा माफिया भनिएको भन्दै दुर्गा प्रसाईँको आपत्ति


काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले बैंकबाट ऋण लिएर जनताको सेवा गर्दा ‘माफिया’को आरोप लगाइएको भन्दै आपत्ति जनाएका छन् ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले बैंक तथा सर्वसाधारणबाट ऋण लिएर जनतालाई नै सेवा दिँदा पनि आफूहरूलाई माफिया भनिएकोमा आपत्ति जनाएका हुन् । उनले आफूहरूलाई सरकारले विभेद गरेको बताए ।

उनले भने, ‘बैंकबाट ऋण लिएर जनता नै सुत्ने ठाउँ बनाएका छौँ । जनताकै सेवा गरेका छौं तर हामीलाई नै माफिया भनेका छन् । राज्यले विभेद गरेको छ ।’

सरकारको निःशुल्क स्वास्थ्य र शिक्षासम्बन्धी नीतिमा पनि प्रश्न उठाउँदै प्रसाईँले शिक्षा र स्वास्थ्य निःशुल्क भन्दापनि किन्न सक्ने हैसियतको बनाउन सकिने दाबी गरे ।