प्रतिनिधिसभाको उपसभामुखका लागि आज उम्मेदवारी दर्ता, भोलि निर्वाचन


काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख चयनका लागि आज उम्मेदवारी दर्ताको समय तोकिएको छ । संसद सचिवालयले सार्वजनिक निर्वाचन कार्यतालिकाअनुसार, उमेदवारी दर्ताका लागि बिहान ११ देखि दिउँसो २ बजेसम्मको समय तोकिएको छ ।

आज दिउँसो २ः३० बजे उम्मेदवारीको सूचना दर्ता क्रमअनुसार प्रकाशन गर्ने सूचनामा उल्लेख छ । शुक्रबार उपसभामुखको निर्वाचन हुँदै छ ।

शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकमा प्रस्तावकबाट उपसभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेस हुनेछ । त्यसमाथि छलफल भएर निर्णय गरिनेछ । सभामुख डोलप्रसाद अर्यालले बुधबारको बैठकबाट उपसभामुख निर्वाचनको मिति तोक्दै सूचना प्रकाशन गर्न निर्देशन दिएका थिए ।