परराष्ट्रमन्त्री खनालसँग चिनियाँ राजदूतको भेट


काठमाडौँ । नेपालका लागि चीनका राजदूत झाङ माओमिङले परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गरेका छन् । परराष्ट्र मन्त्रालयमा मंगलबार उनीहरुबीच भेटवार्ता भएको हो ।

भेटका क्रममा राजदूत माओमिङले चीनका विदेशमन्त्री वाङ यीको तर्फबाट परराष्ट्रमन्त्रीको पदभार ग्रहण गरेको अवसरमा मन्त्री खनाललाई शुभकामना सन्देश प्रदान गरेका थिए ।

भेटवार्तामा नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने तथा पारस्परिक हितका क्षेत्रमा सहकार्य अभिवृद्धि गर्ने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । यसअघि सोमबार परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले भेट गरेका थिए ।