काठमाडौं । नेकपा एमालेकी लुम्बिनी प्रदेश सांसद रेखा कुमारी शर्मालाई हिरासत बाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको छ ।
आइतबार जिल्ला अदालत काठमाडौँका न्यायाधीश जगतबहादुर पौडेलको इजलासले यस्तो आदेश दिएको हो । जिल्ला अदालतले यस विषयमा उच्च अदालत पाटनबाट फैसला भइसकेको र महान्यायाधिवक्ताको कार्यालयले मुद्दा चलाउनु नपर्ने निर्णय गरेकाले थुनामा राख्न आवश्यक नभएको आदेश दिएको हो ।
आदेशमा भनिएको छ, ‘रेखा कुमारी शर्मा उपर दास बनाउन नहुने कसुरमा मुद्दा चलाउनु पर्ने अवस्था नदेखिएकोले जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौं र उच्च सरकारी वकिल कार्यालय पाटनबाट शंकित रेखाकुमारी शर्माको हकमा प्रस्तुत दास बनाउन नहुने मुद्दा नचलाउने गरी भएको निर्णय तथ्य र कानुन सम्मत रहेको देखिन्छ ।’
२०८१ जेठमा काठमाडौं महानगरपालिकाले शर्माविरुद्ध मुलुकी फौजदारी अपराध संहिताको दास बनाउन नहुने कसुर अन्तर्गत कारबाहीका लागि प्रहरीमा उजुरी दिएको थियो । उजुरी परेको करिब दुई वर्षपछि उनलाई चैत १५ गते प्रहरीले पक्राउ गरेको थियो ।

प्रतिक्रिया