पेट्रालियम पदार्थको आयातमा असहजताः सातामा दुई दिन बिदा दिने सरकारको निर्णय


काठमाडौँ । सरकारले सातामा दुई दिन सरकारी बिदा दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले शनिबार र आइतबार दुई दिन बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । 

उनले पेट्रालियम पदार्थकोअ आपूर्तिमा उत्पन्न असहजताका कारण यो निर्णय गरेको बताए । बैठकले सरकारी कार्यालयको समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म हुने निर्णय गरेको छ ।