काठमाडौं । जिल्ला अदालत काठमाडौँले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएको छ ।
आइतबार आइतबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले ५ म्याद थपको अनुमति दिएको हो ।
सरकारी वकिलले उनीहरुलाई दश दिन थुनामा राख्न अनुमति मागेको थियो । जेनजी आन्दोलनमा भएको दमनमा उनीहरुको संलग्नता रहेको भन्दै जाँचबुझ आयोगले उनीहरुलाई कारबाहीको सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा उनीहरुलाई प्रहरीले शनिबार पक्राउ गरेको थियो ।

प्रतिक्रिया