काठमाडौँ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनकोबारेमा छानबिन गर्न गठित जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीलाई सेनाको ब्यारेकमा सारिने भएको छ ।
शनिबार साँझ गृह मन्त्रालयमा गृहमन्त्री सुदन गुरुङको अध्यक्षतामा बसेको सुरक्षा निकायका प्रमुखहरुको बैठकमा कार्कीको सुरक्षाका लागि सेनाको ब्यारेकमा सार्ने विषयमा छलफल भएको हो ।
सुरक्षा थ्रेट बढेको भन्दै उनलाई लिन सेनाको टोली घर पुगेपनि अहिले ब्यारेक नजाने बताएका थिए ।
शनिबार बिहान तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेपछिको अवस्थालाई ध्यानमा राखेर कार्कीमाथि सुरक्षा थ्रेट बढेको विश्लेषण गरी कार्कीलाई सेनाको ब्यारेकमा राख्न लागिएको हो । एमालेले पार्टी अध्यक्षलाई पक्राउ गरेपछि मुलुकभर आन्दोलनको घोषणा गरेको छ ।

प्रतिक्रिया