पक्राउ परेका एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना


काठमाडौँ । पक्राउ परेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् । शनिबार बिहान भक्तपुरको गुण्डुस्थित निवासबाट पक्राउ परेका ओलीलाई स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल लगिएको थियो ।

मिर्गौला प्रत्यारोपणका बिरामी ओलीलाई चिकित्सकको सुझाव अनुसार अस्पताल भर्ना गरिएको प्रहरीले जनाएको छ ।

जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले दिएको सिफारिस कार्यान्वयनका सिलसिलामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।