सरकारलाई एमालेका २३ जनवर्गीय संगठनको चेतावनीः बदला लिने उद्देश्यले कदम चाले गम्भीर परिणामको सामना गर्न तयार रहनु


काठमाडौँ । नयाँ सरकारको पहिलो मन्त्रिपरिषद बैठकले जेनजी आन्दोलन छानबिन गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदन बैठकले गरेको निर्णयप्रति नेकपा (एमाले) निकट २३ वटा जनवर्गीय संगठनहरूले आपत्ति जनाएका छन् ।

शुक्रबार राति संयुक्त प्रेस वक्तव्य जारी गर्दै राष्ट्रिय युवा संघ, अनेरास्ववियु, जिफन्टसहितका २३ संगठनहरूले गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयलाई ‘प्रतिशोधपूर्ण’ र ‘पूर्वाग्रही’ भन्दै तत्काल फिर्ता लिन माग गरेका हुन् ।

एमालेका जनसंगठनहरूले २०८२ भदौ २३ र २४ गते भएको प्रदर्शन र त्यसक्रममा भएको जनधनको क्षतिको छानबिन गर्न गठित कार्की आयोगको भूमिकामाथि नै प्रश्न उठाएका छन् ।

वक्तव्यमा भनिएको छ, ‘आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले आयोग गठन हुनुपूर्व नै सार्वजनिक गरेको निष्कर्षलाई पुष्टि गर्ने गरी प्रतिवेदन तयार पारिएको छ । यो प्रतिवेदन तत्कालीन राजनीतिक नेतृत्वको चरित्रहत्या गर्ने र घृणाको राजनीतिलाई संस्थागत गर्ने उद्देश्यले प्रेरित छ ।’

Screenshot
Screenshot