काठमाडौँ । विशेष अदालतले राजस्व अनुसन्धान विभागका पूर्वमहानिर्देशक झलकराम अधिकारीलाई २५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।
मंगलबार विशेष अदालतका न्यायाधीशहरू सुदर्शनदेव भट्ट, हेमन्त रावल र उमेश कोइरालाको इजलासले अधिकारीलाई २५ लाख धरौटीमा छाड्न आदेश दिएको हो । विभागको पूर्वमहानिर्देशक अधिकारी मंगलबार विशेयष अदालतमा उपस्थित भएका थिए ।
अधिकारीले ७० लाख रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चैत १ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो। अख्तियारले अधिकारीले एचके इन्टरप्राइजेज प्रालिको राजस्व अनुसन्धान विभागमा रहेको राजस्व चुहावट सम्बन्धी छानबिन तथा राजस्व चुहावट सम्बन्धी अन्य कसुरबाट बच्न सहजीकरण गरे वापत उक्त रकम लिएको अख्तियारको आरोप छ ।

प्रतिक्रिया