आँबुखैरेनी–मनकामना सडकको कान्टारमा माइक्रोबस दुर्घटना, ७ जनाको मृत्यु


गोरखा । गोरखाको शहिद लखन गाउँपालिका– ३ स्थित कन्टारमा मनकामनाबाट दर्शनार्थी बोकेर आबुँखैरेनीतर्फ आउँदै गरेको माइक्रोबस शनिबार राति आठ बजेको समयमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।

तीव्र गतिमा रहेको माइक्रोबस अनियन्त्रित भई सडकबाट अन्दाजी २०० मिटर तल खसेर दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको हो ।

चालकसहित १४ जना सवार मध्ये ७ जनाको घटनास्थलमानै मृत्यु भएको र ७ जना घाइते भइ उपचारको लागि आबुँखैरेनीतर्फ पठाइएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

मृत्यु हुनेमा ५ जना पुरुष, २ जना महिला छन् । उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल नं.२९ गुल्म गोरखाबाट सुरक्षा फौज खटिएको उनले बताए ।