संखुवासभा । संखुवासभामा नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्की निर्वाचित भएका छन् । सोमबार राति सम्पन्न मतगणनामा कार्की १५ हजार ६३६ मत प्राप्त गरी निर्वाचित भएका हुन् ।
रास्वपाका मिङमा शेर्पा १५ हजार, नेपाली कांग्रेसका दिपनकुमार श्रेष्ठले १३ हजार २७१ मत प्राप्त गरेका छन् । त्यस्तै श्रम संस्कृति पार्टीकी उमा कुमारी राईले ९ हजार ८५७ मत र नेपाली कम्युनिस्ट पार्टीकी सरिता थापाले २ हजार ८१२ मत प्राप्त गरिन् ।

प्रतिक्रिया