समानुपातिकतर्फ २४ लाख गणना हुँदा रास्वपा १२ लाख, कांग्रेस ४ लाख


काठमाडौं । प्रतिनिधिसभा सदस्यको फागुन २१ गते सम्पन्न समानुपातिक निर्वाचनतर्फ हालसम्म २४ लाख १८ हजार ३७३ मतगणना भएको छ ।

आयोगका अनुसार रास्वपाले हालसम्म १२ लाख १९ हजार ९३५, नेपाली कांग्रेसले ४ लाख १३ हजार ३८२, नेकपा (एमाले)ले ३ लाख २८ हजार ८३४, नेपाली कम्युनिष्ट पार्टीले १ लाख ६१ हजार ३८, राप्रपाले ८९ हजार २२१ र श्रम संस्कृति पार्टीले ४८ हजार ९१३ मत प्राप्त गरेका छन् ।