राप्रपाले जुम्लाबाट खोल्यो खाता, ज्ञानेन्द्र शाही निर्वाचित


काठमाडौं । जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ज्ञानेन्द्र शाही निर्वाचित भएका छन् । शाही १४ हजार ८१६ मत प्राप्त गर्दै जुम्लाबाट दोस्रोपटक निर्वाचित भएका हुन् ।

नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नरेश भण्डारीले ११ हजार ६३६ मत प्राप्त गरेका छन् । यो नै राप्रपाको पहिलो जित हो ।