काठमाडौँ । समानुपातिकतर्फको पनि मतगणना जारी छ । समानुपातिकतर्फ हालसम्म गणना भएको एक लाख १२ हजार १२४ मतमध्ये रास्वपाले ६१ हजार ८६७, कांग्रेसले १९ हजार ३५८, एमालेले ११ हजार ४५७, राष्ट्रिय प्रजातन्त्र पार्टीले छ हजार ६५५ मत प्राप्त गरेका छन् ।
साथै नेपाली कम्युनिष्ट पार्टीले चार हजार ३२३, राष्ट्रिय परिवर्तन पार्टीले दुई हजार ५४०, श्रम संस्कृति पार्टीले दुई हजार २२७, नेपाल मजदूर किसान पार्टीले ८६९ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया