कांग्रेसका उदय शम्शेरलाई पराजित गर्दै ललितपुर १ मा रास्वपाका बुद्धरत्न महर्जन निर्वाचित


ललितपुर । ललितपुर निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार बुद्ध रत्न महर्जन विजयी भएका छन् । महर्जनले आफ्ना निकटतम प्रतिद्वन्द्वी तथा नेपाली कांग्रेसका नेता उदय शमशेर जबरालाई ९,८५३ मतको फराकिलो अन्तरले पराजित गरेका हुन् ।

महर्जनले २३ हजार ३७३ मत प्राप्त गरे भने कांग्रेसका राणाले १३,५२० मत ल्याएका छन् । त्यस्तै, नेकपा एमालेका उम्मेदवार चेतनाथ संजेलले ६ हजार ५४६ मत ल्याएका छन् ।