रास्वपाले खोल्यो खाता, काठमाडौँ-१ बाट रञ्जु दर्शना निर्वाचित


काठमडौँ । काठमाडौँ क्षेत्र नम्बर एकबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी रञ्जु दर्शना प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन् । उनी १५ हजार ४५५ मत प्राप्त गरी निर्वाचित भएकी हुन् ।

नेपाली कांग्रेसका उम्मेदवार प्रबल थापा क्षेत्री ६ हजार ३६४ मत ल्याएर दोस्रो भए भने राप्रपाका रवीन्द्र मिश्रले ३ हजार ९७२ मत पाएका छन् ।

रञ्जु २०७४ सालको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएकी थिइन् । उनी निर्वाचनमा पराजित भइन् ।

उनले निर्वाचनमा २३ हजार मत ल्याएकी थिइन् । त्यसपछि २०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं–५ बाट उम्मेदवारी दिएकी थिइन् । उनी यो निर्वाचनमा पनि पराजित भएकी थिइन् । तेस्रो पटकको प्रयासमा उनी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन् ।