पछिल्लो मतपरिणामअनुसार कुन दलको कति स्थानमा अग्रता ?


काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको अधिकांश स्थानमा मतगणना सुरु भएको छ । पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी अधिकांश स्थानमा अग्रस्थानमा देखिएको छ । पछिल्लो मतपरिणामअनुसार रास्वपाले ८ स्थानमा अग्रता लिएको छ ।

काठमाडौँ १ मा रास्वपाकी रन्जु दर्शना ३,१२९ मतका साथ अग्रस्थानमा छिन् । त्यसैगरी काठमाडौँ २ मा रास्वपाका सुनिल केसी ४२४ मतका साथ अग्रस्थानमा छन् । काठमाडौँ ४ मा पनि रास्वपाका पुकार बम ८६५ मत, काठमाडौँ ५ मा रास्वपाका सस्मित पोखरेल १,४२४ मत, काठमाडौँ ७ मा रास्वपाका गणेश पराजुली १,४८१ मत र काठमाडौँ १० मा रास्वपाका प्रदीप विष्ट २,५५१ मत, काठमाडौँ ८ मा रास्वपाका विराजभक्त श्रेष्ठ ३, २९० मत र भक्तपुर १ मा रास्वपाका रुकेश रन्जित ८८८ मतका साथ अग्रस्थानमा छन् ।

त्यसैगरी चितवन २ मा एमालेका अस्मिन घिमिरे ३२५ मत र बाँके २ मा एमालेका मोहम्मद इश्तियाक राई ८८२ मतका साथ अग्रस्थानमा छन् ।

त्यस्तै काठमाडौँ ३ मा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ १,८४६ मतसहित अग्रस्थानमा छन् ।