काठमाडौँ नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालालाई तीन जना उम्मेदवारले समर्थन गरेका छन् । सोमबार उनीहरूले प्रत्यक्षमा कांग्रेसका उमेदवार डा. कोइरालालाई सहयोग गर्ने र समानुपातिकमा आफ्नै दललाई मत हाल्ने निर्णय गरेका हुन्।
नागरिक उन्मुक्ति पार्टी नेपालका बलराम खवास, जनता समाजवादी पार्टी नेपालका राजु मण्डल र जनमत पार्टीका सुधराम माझी थारूले छुट्टाछुट्टै विज्ञप्ति निकालेर कांग्रेसका उम्मेदवार कोइरालालाई समर्थन रहेको घोषणा गरेका छन् । यस्तै, नेपाल मजदूर किसान पार्टीका तिलक राजवंशी, जनता समाजवादी पार्टीका महमद जाविर र जेन्जी समूहका उमेदवार राम खत्रीले डा. कोइरालालाई सघाउने प्रतिबद्धता गर्दै यसअघि नै उमेदवारी फिर्ता लिएका थिए ।
अहिलेको अवस्थामा लोकतन्त्र र देशका लागि आफूहरूको भन्दा कोइरालाको जित आवश्यक रहेको उनीहरूको भनाइ छ। प्रतिनिधि सभाको निर्वाचनमा कोइराला मोरङ–६ बाट उम्मेदवार बनेका छन्।

प्रतिक्रिया