काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं मोरङ निर्वाचन क्षेत्र नम्बर ६ का उम्मेदवार डा शेखर कोइरालाले अठोटपत्र सार्वजनिक गरेका छन् । कोइरालाले मंगलबार आठ बुँदे अठोटपत्र सार्वजनिक गरेका हुन् ।
अठोट पत्रमा उनले लोकतन्त्र, सुशासन, शिक्षा, स्वास्थ्य, किसान, डिजिटल विकास, उद्योग र बाढी समाधान समावेश गरेका छन् । उनले बलियो लोकतन्त्र र संविधानको पूर्ण कार्यान्वयन, औद्योगिक पुनर्जागरण र रोजगारी सिर्जना, विराटनगर विमानस्थललाई क्षेत्रीय विमानस्थलमा स्तर उन्नति, विराटनगरलाई विशेष आर्थिक क्षेत्रको रुपमा विकास, उत्पादनमुखी लगानी आकर्षण गर्ने उल्लेख गरेका छन् ।
त्यस्तै उनले बाढी–डुबान समाधान र सुरक्षित पूर्वाधार निर्माण, तटबन्ध निर्माण, शिक्षा सुधार र सीप–आधारित अवसर, सरकारी विद्यालयको स्तरोन्नति, सरकारी अस्पतालको स्तरोन्नति, स्टार्टअप कोष र सहुलियत ऋण, सुशासन, पारदर्शिता र सामाजिक सुरक्षालाई आफ्नो अठोट पत्रमा समावेश गरेका छन् ।


प्रतिक्रिया