काठमाडौं । वीरगञ्जमा कर्फ्यू हटाएर निषेधाज्ञा लगाइएको छ । समग्र शान्ति सुरक्षाको अवस्था विश्लेषण गर्दा परिस्थिति क्रमशः सुधार हुँदै गएको देखिएको भन्दै स्थानीय प्रशासनले कर्फ्यू हटाइ निषेधाज्ञा जारी गरेको हो ।
पछिल्लो परिस्थितिलाई मध्यनजर जनाउँदै पर्सा प्रशासनले बिहान ९ः ४५ बजेदेखि अर्को आदेश जारी नहुन्जेलसम्म कर्फ्यू लगाएको थियो । जिल्ला सुरक्षा समितिको बैठकले सुरक्षा अवस्थाको समीक्षा गर्दै परिस्थिति सामान्यतर्फ उन्मुख भएको निष्कर्ष निकालेपछि कफ्र्यू हटाउने निर्णय गरेको हो ।
यसअघि उग्र बनेको प्रदर्शन र सम्भावित झडपलाई मध्यनजर गर्दै प्रशासनले नगर क्षेत्रमा पूर्ण बन्देज लगाएको थियो । तर, सुरक्षा संयन्त्रको पछिल्लो रिपोर्टले जनजीवन शान्त रहेको देखाएपछि प्रशासनले खुकुलो नीति लिएको हो।


प्रतिक्रिया