रास्वपा कार्यकर्ताले पार्टीको झण्डा जलाएको भन्दै एमाले कार्यकर्ताले जलाए बालेनको पुत्ला


काठमाडौँ । नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुले रास्वपाका कार्यकर्ताले पार्टीको झण्डा जलाएको विरोधमा काठमाडौँमा मसाल जुलुस निकालेको छ ।

बिहीबार राति दाङको तुलसीपुरमा पार्टीको झण्डा जलाएको विरोधमा उनीहरुले शुक्रबार साँझ मासाल जुलुस निकालेका हुन् । त्यसक्रममा उनीहरुले रास्वपाका वरिष्ठ नेता बालेन साहको पुत्ला समेत जलाएका छन् । एमालेले पार्टीको झण्डा जलाएको भन्दै आपत्ति जनाएको छ ।

उसले दोषीलाई कारबाही गर्न सरकारलाई आग्रह गरेको छ । राष्ट्रिय युवा संघ, अनेरास्ववियु लगायतमा एमालेका भातृ संगठनले आफूहरुलाई प्रतिवादमा उत्रिन बाध्य नपार्न रास्वपालाई चेतावनी दिएको छ । प्रहरीले झण्डा जलाएको आरोपमा ५५ वर्षीय बुद्धिबहादुर बस्नेतलाई पक्राउ गरेको छ ।