राप्रपाका वरिष्ठ नेता विश्वबन्धु थापाको निधन


काठमाडौँ । राप्रपाका वरिष्ठ नेता विश्वबन्धु थापाको निधन भएको छ । थापाको शनिबार साँझ ९८ वर्षको उमेरमा निधन भएको हो ।

थापाको पार्थिव शरीरलाई भोलि बिहान ९ बजेदेखि ११ बजेसम्म निजी निवास गैरीधारामा राखिने र त्यसपछि भोलि नै अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लगिने परिवारले जनाएको छ ।

२००७ देखि पछिल्लो समयको राजनीतिक घटनाक्रमका साक्षी थापाको निधनबाट देशले एकजना इतिहास पुरुष र राप्रपाले आफ्नो अग्रज नेता गुमाएको राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले बताए । थापा राष्ट्रिय पञ्चायतको अध्यक्षसमेत भएका थिए ।