काठमाडौँ । ललितपुरमा गएराति मिनी ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । गएराति ललितपुरको कोन्ज्योसोम गाउँपालिकाको–१, बाउनडाँडामा मिनी ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
लेलेबाट बालुवा लिएर कालेश्वर जाँदै गरेको ०१–००४ क ६२२८ नम्बरको मिनी ट्रक राति करिब ९ बजेतिर सडकबाट अनियन्त्रित भई तल खसेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।
दुर्घटनामा ट्रक चालक ललितपुरको गोदावरी नगरपालिका–६ का ५२ वर्षीय गणेश खड्का र ट्रकमै सवार सोही स्थानका ४२ वर्षीय गणेश थापाको घटनास्थलमै मृत्यु भएको हो । ट्रकमै सवार अन्य दुई पुरुषलाई उपचारका लागि पाटन अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । उनीहरूको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया