काठमाडौं । काठमाडौंको चुनीखेल नयाँबस्तीमा आगलागी भएको छ । गएराति करिब पौने ११ बजेतिरबाट आगो सुरु भएको थियो । काठमाडौं महानगरपालिका, बुढानीलकण्ठ नगरपालिका र टोखा नगरपालिकाका दमकलको सहयोगमा करिव दुई घण्टापछि आगो निभाइएको थियो ।
वडा अध्यक्ष टिकानारायण श्रेष्ठले आगलागीबाट २४ कोठा बराबरका लामो टहरा पूरै नष्ट भएको जानकारी दिए । उनले आगलागीबाट २४ परिवार विस्थापित भएका बताए । उनीहरुलाई अन्यत्र सारिएको छ ।

प्रतिक्रिया