अहिले घोषणा गरेका कुनै पनि पात्र प्रधानमन्त्री नहुने प्रचण्डको ठोकुवा


काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अरु पार्टीले भावी प्रधानमन्त्रीकारुपमा प्रस्तुत गरेका कुनै पनि पात्र प्रधानमन्त्री नहुने ठोकुवा गरेका छन् ।

मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा पत्रकारहरुसँकुरा गर्दै प्रचण्डले अहिले घोषणा गरेका कोही पनि प्रधानमन्त्री नहुने ठोकुवा गरेका हुन् ।

उनले भने, ‘जसले घोषणा गरेका छन्, कोही प्रधानमन्त्री हुँदैनन् नेपालमा ।’ फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसले पार्टी सभापति गगन थापा, एमालेले अध्यक्ष केपी शर्मा ओली र रास्वपाले वरिष्ठ नेता बालेन साहलाई भावी प्रधानन्त्रीकारुमा अघि सारेको छ ।